३१ वर्षदेखि निरन्तर गिजोलिइरहेको तारागाउँ जग्गा प्रकरणको अन्तर्यमा सरकार र उसकै निकाय जोडिन्छन्। यो प्रकरण छानबिनका लागि गठित सरकारी तथा संसदीय समितिहरू ती सबैमा आँखा चिम्लिदिएका छन्।
लुम्बिनी विकास कोषले आफ्नै गुरुयोजना विपरीत कोषको जग्गा निजी कम्पनीलाई व्यवसाय सञ्चालन गर्न २५ वर्षका लागि भाडामा दिएको छ।
नेपाल एअरलाइन्स सुधारका लागि २०५८ देखि २०७६ सालसम्म बनेका ६वटा समिति/कार्यदलले दिएका सुझावलाई अहिलेसम्म सरकारले कार्यान्वयन गरेको छैन। एअरलाइन्सको सेवा र विश्वसनीयता दिनप्रतिदिन खस्किँदै गएको छ।
बाढीले तहसनहस सोलुखुम्बुको थामे गाउँ पुनर्निर्माणका लागि पासाङल्हामु गाउँपालिकाले ७ करोड १० लाख छुट्याइसकेको छ। संघीय सरकारले पीडितलाई प्रतिपरिवार १५ हजार दिँदा गाउँपालिकाले ५० हजार रुपैयाँ दिएको छ।
सिद्धार्थनगर नगरपालिका–६ को बालउद्यान सञ्चालनको जिम्मा लिएको कम्पनीले त्यहाँ होटल र महेन्द्र सभागृह भाडामा लिएको कम्पनीले ‘पार्टी प्यालेस’ चलाइरहँदा पनि अनुगमन तथा कारबाही हुन सकेको छैन।
हिमताल फुटेर आएको बाढीले भौतिक संचनामा पुर्याएको क्षतिबाट खुम्बुको पर्यटन व्यवसायमा धक्का लाग्ने चिन्तामा त्यस क्षेत्रका पर्यटन व्यवसायी छन्।
सम्भावित हिमताल विस्फोटबाट हुने क्षतिको नक्सांकन गरेर त्यसअनुरूप अहिल्यैदेखि पूर्वतयारीका काममा लाग्ने हो भने मात्र भविष्यमा हुने हिमताल विस्फोटको क्षति कम गर्न सकिन्छ।
ललितपुरको गोदावरी–७ देवीचउरमा ठूलो क्षेत्रफलको सार्वजनिक जग्गासमेत अतिक्रमण गरी सञ्चालित ढुंगाखानीका कारण बस्ती नै पहिरोको जोखिममा परेपछि स्थानीयले विभिन्न निकाय गुहारे पनि कारबाही भएको छैन।
यसपटक विश्वसम्पदाको खतरा सूचीमा पर्नबाट जोगिएको लुम्बिनी कुनै पनि बेला फेरि त्यो खतरामा पर्ने सम्भावना टरेको छैन।
कार्बन बिक्रीबापत नेपालले पहिलो पटक विश्व बैंकबाट ११ मिलियन अमेरिकी डलर अर्थात् करिब १ अर्ब ४६ करोड रुपैयाँ प्राप्त गर्दैछ। वन विकास कोषको खाता खोल्न ढिलाइ हुँदा रकम तत्कालै नआएको हो।
‘सी–चेक’का लागि पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा ज्यान गुमाएका यात्रुका परिवारजन बीमाको अन्योल मात्र होइन, एयरलाइन्सको व्यवहारले समेत दुःखी बनेको बताउँछन्।
त्रिभुवन विश्वविद्यालयका कुलपति र उपकुलपतिबीच देखिएको समझदारी र समन्वयको अभावले विश्वविद्यालय सभा (सिनेट) मा नीति तथा कार्यक्रमको विषय विवादको कारण बनेको देखिएको छ।
सञ्चालनका नाममा निजी क्षेत्रलाई भाडामा दिइएपछि जनस्तरबाट सहयोग जुटाएर बनाइएको भैरहवाको महेन्द्र सभागृह खण्डहर बनेको छ। भाडामा लिएको निजी कम्पनीले सभागृहलाई गोदामघर बनाएको छ।
सिद्धार्थनगर नगरपालिकाले बालउद्यान सञ्चालनका लागि शुभ ओम इन्भेस्टमेन्ट कम्पनीलाई दिएको तीन बिघा जग्गामा अहिले भव्य होटल सञ्चालनमा छ। सम्झौता कार्यान्वयन गराउन नगरपालिकाले कुनै चासो राखेको छैन।
त्रिवेणी डिस्टलरीमा कार्यरत रहँदा उद्योगले गरेको गल्तीको सजाय भने उक्त उद्योगको म्यानेजर पदमा रहेर काम गरेका रवीन्द्रकुमार श्रेष्ठले भोगिरहेका छन्।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था तत्कालीन गृहमन्त्री रवि लामिछानेको नाम जोडिएपछि चर्चामा छ। यही सहकारीमा सचिव रहेका पूर्वउपराष्ट्रपतिपुत्रलाई जोगाउन गरिएको चलखेलको कथाः
संसद्मा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद दीपक बोहोराको २० महिनादेखिको अनुपस्थितिबाट चिन्तित उनको क्षेत्रका मतदाताहरू उनलाई के भएको हो भनेर प्रश्न गर्न थालेका छन्?
एक अर्ब ११ करोड खर्च गरेर बनाइएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन भएको दुई वर्षसम्म पनि प्रयोगविहीन भएको छ। केन्द्रलाई मासिक सञ्चालन खर्च धान्नसमेत मुस्किल छ।
राष्ट्रिय टिममा हुँदा कहिले ब्याटिङ र कहिले बलिङमार्फत चर्चामा आउने शक्ति गौचन सक्रिय खेल जीवनबाट सन्यास लिएपछि खेलाडी उत्पादनमा लागेका छन्। उनले आफ्नै घरमा क्रिकेट एकेडेमी चलाइरहेका छन्।
कञ्चनपुरमा गत असार २३ र २४ गते नेपालमै अहिलेसम्मको बढी वर्षा मापन भएको थियो। ‘क्लाउड बर्स्ट’ भएर बाढी र डुबान हुँदा पनि पूर्वसूचना र तयारीले सम्भावित ठूलो मानवीय क्षति जोगिएको छ।