AnonymousUser

Logout

इन्धनबाट चल्ने पुराना गाडी विद्युतीय बनाइँदै, तर सडकमा निस्कनै पाउँदैनन्

यातायात व्यवस्थापनको जिम्मा पाएका प्रदेश सरकारले इन्धनबाट चल्ने पुराना सवारी साधन विद्युतीयमा रूपान्तरण सम्बन्धी कानून र मापदण्ड नबनाउँदा त्यस्ता गाडीको सडकमा परीक्षणसमेत हुन सकेको छैन।

संख्या बढ्दा बाघ र मानिस दुवै जोगाउन मुस्किल, ‘टाइगर डिप्लोमेसी’ बन्नसक्छ विकल्प

बाघको संख्या वृद्धि भएसँगै मानिससँगको द्वन्द्व बढेको छ। नरभक्षी बाघ समातेर खोरमा राख्ने गरिएको छ। यसरी राखिएका बाघ मर्न थालेका छन् भने खोर क्षमता पनि कम छ। तर सरकारले व्यवस्थापनको विकल्प बनाएको छैन।

पहाडमा बसाइँसराइका कारण आगलागी, झाडी र तापक्रम बढ्दा जोखिम धेरै

लामो समयको खडेरी र बसाइँसराइका कारण पहाडी क्षेत्रमा डढेलो तथा आगलागी बढ्न थालेको छ। बसाइँसराइले खेतबारी बाँझो हुँदा झाडी बस्तीमै आइपुगेको छ भने वर्षा नहुँदा तापक्रम बढेसँगै आगलागीको जोखिम बढेको छ।

पेट्रोलियम इन्धनको विकल्पमा नवीकरणीय ऊर्जा प्रयोगतर्फ लाग्न विश्वव्यापी दबाब 

विश्वका शक्तिसम्पन्न देशहरूबीचको द्वन्द्वले खनिज तेलको मूल्यमा अनियन्त्रित वृद्धि हुने देखाएको छ। यसलाई नवीकरणीय ऊर्जा उत्पादन बढाउने अवसरका रूपमा स्वीकार्न जिम्मेवार देशहरूलाई दबाब पनि बढ्दै छ। 

संकटमा ओतको बासस्थान, नदी प्रदूषण र दोहन प्रमुख कारण

सफा पानी र शान्त स्थानमा मात्र बस्ने हुँदा वातावरणको सूचक मानिने सानो स्तनधारी जीव ओत अहिले संकटमा छ। नदी प्रदूषण तथा दोहनका कारण यो जीवको बासस्थान विनाश हुँदै गएको छ।

हिमाल आरोहणमा चिप्स अनिवार्य, कसरी घट्छ जोखिम?

हिमाल आरोहणका क्रममा दुर्घटना हुँदा ‘लोकेसन ट्रेस’मा ढिलाइ भएर समयमा नै उद्धार हुन नसक्ने घटनालाई न्यूनीकरण गर्न पथप्रदर्शक र आरोहीले चिप्स बोक्नुपर्ने व्यवस्थालाई यो वर्षदेखि अनिवार्य गरिएको छ।

वन्यजन्तुको चोरीतस्करीमा संलग्न ‘पहुँचवाला’लाई राष्ट्रिय निकुञ्ज कार्यालयद्वारा सफाइ

निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) रामचन्द्र खतिवडाले पहुँचवाला सांसद र उनी निकटकालाई उन्मुक्ति दिएर पहुँच नपुग्ने सर्वसाधारणलाई मात्र कैद र जरिबानाको सजाय सुनाएका हुन्। 

अस्वाभाविक हिमपात र हिमपहिरो: यार्सा संकलन जोखिमपूर्ण, उत्पादन घट्दा जीविकोपार्जन मुस्किल

जलवायु परिवर्तनले भइरहेको अस्वाभाविक मौसमी गतिविधिका कारण यार्सागुम्बा संकलन गर्नेहरूले ज्यानै गुमाउने गरेका छन्। यही कारण यार्सा उत्पादनमा कमी आउँदा स्थानीयको जीविकोपार्जन पनि मुस्किल हुन थालेको छ। 

तीन महिनायताका आगलागीमा ४२ जनाले गुमाए ज्यान, जोखिममा बालबालिका

सुख्खा बढेसँगै भएका आगलागी र डढेलोका कारण तीन महिनामै ४२ जनाको आगोमा जलेर मृत्यु भएको छ। आगलागीबाट सबैभन्दा बढी जोखिममा बालबालिका परेका छन्।

तालिवानीबाट ज्यान बचाउन भागेर काठमाडौँ आएका अफगानीलाई छाक टार्नै समस्या

१० वर्षअघि तालिवानी विद्रोहीबाट ज्यान जोगाउन भाग्ने क्रममा काठमाडौँ आइपुगेका अफगानीहरू यता न उताको अवस्थामा हातमुख जोर्न संघर्ष गर्दैछन्। 

‘अव्यवस्थित बसोबासी’लाई जग्गा जिम्मा लगाउने प्रधानमन्त्रीको जोडबलमा अर्थमन्त्रीको छेकबार

पर्ती–ऐलानी जग्गा ओगटेकालाई राजस्व छुटमा सोही जग्गा दिन प्रधानमन्त्रीको निर्देशनमा भूमि व्यवस्था मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको प्रस्तावलाई मन्त्री वर्षमान पुनले ‘रेड सिग्नल’ देखाएका छन्।

अनाथ बालबालिकालाई आएको पैसा कोषाध्यक्षलाई ‘घरखर्च’

मदन आश्रित प्रतिष्ठान धनकुटाले सञ्चालन गरेको बाल पुनर्स्थापना केन्द्रमा आएको सहयोग रकम तत्कालीन कोषाध्यक्ष घनिन्द्र न्यौपानेले अपचलन गरेका छन्। रकम नतिरेपछि ‘घरखर्च’का लागि ऋण दिएको कागज गराइएको छ।

पलायन हुँदै अनुभवी शेर्पा गाइड, आरोहणको सिजनमा अभाव

हिमाल आरोहणमा पथप्रदर्शन गर्दै आएका शेर्पा गाइडहरूले धमाधम देश/पेसा छोड्न थालेपछि पर्वतारोहण क्षेत्रमा काम गर्ने कम्पनीहरूले अनुभवी पथप्रदर्शकको अभाव झेलिरहेका छन्।

‘प्रि–मनसुन’को वर्षाले किसानलाई राहत, डढेलो पनि नियन्त्रणमा

लामो समयपछि भएको वर्षाले देशका विभिन्न वन क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ भने किसानलाई राहत मिलेको छ। 

जलवायु परिवर्तनसम्बन्धी विधेयकको मस्यौदा : छुट्टै निकाय गठनप्रति वन मन्त्रालय असन्तुष्ट

जलवायु परिवर्तनका क्षेत्रमा काम गर्न छुट्टै निकाय बनाउने विधेयकको मस्यौदाप्रति तालुकवाला वन मन्त्रालयका अधिकारी असन्तुष्ट छन्। विज्ञहरू भने यस्तो निकाय आवश्यक हुने तर मस्यौदा अझै अपूर्ण भएको बताउँछन्।

चन्द्र ढकालको केबलकार निर्माणमा राज्यशक्तिको दुरूपयोग, स्थानीयको विरोध रोक्न सशस्त्र प्रहरी परिचालन

स्थानीय समुदायको विरोध हुँदाहुँदै सरकारले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको पाथीभरा केबलकार निर्माणमा सशस्त्र प्रहरी बल खटाएर जबर्जस्ती गरेको छ।

पुलबीचमै ट्रकमा लागेको आगोले देखाएको कमजोरी : प्रज्वलनशील वस्तु ओसारपसारमा छैन मापदण्ड

चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगो लागेपछि नेपालमा प्रज्वलनशील वस्तु ओसारपसारसम्बन्धी मापदण्ड नभएको खुलेको छ। पेट्रोलियम पदार्थजस्ता प्रज्वलनशील वस्तुसमेत मापदण्डबिनै ओसारपसार भइरहेको छ।

इजरायलबाट १० हजार कामदारको मागः श्रम मन्त्रालय पठाउन इच्छुक तर लागेन टुंगो

इजरायलले नेपालबाट तीन महिनाभित्र १० हजार कामदार लैजाने प्रस्ताव गरेको छ। श्रम मन्त्रालयले कामदार पठाउने कार्यविधि बनाएर परराष्ट्र मन्त्रालय पठाइसकेको छ। तर कहिलेबाट कामदार जान पाउँछन् भन्ने यकिन छैन।

कपिलवस्तुको वनमा देखियो बाघ, संरक्षणकर्मीलाई उत्साहसँगै थपियो चुनौती 

चितवन, बाँके, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्र पाइने पाटे बाघले कपिलवस्तुको वनलाई पनि बासस्थान बनाएको हो भने व्यवस्थापनको चुनौती पनि सँगसँगै देखिन सक्ने संरक्षणकर्मीहरू बताउँछन्।

बक्यौता नउठे घाटाको संघारमा नेपाल विद्युत् प्राधिकरण

कुलमान घिसिङले नेतृत्व सम्हालेयता निरन्तर फाइदामा गएको भनिएको विद्युत् प्राधिकरणलाई बर्सेनि बढ्दो बक्यौता रकम नउठे भारतलाई बिजुली खरिदबापतको रकम बुझाउन मुस्किल पर्नसक्ने प्राधिकरणकै अधिकारी बताउँछन्।