जलवायु परिवर्तनबाट प्रभावित देशलाई राहत, क्षतिपूर्ति तथा पुनर्स्थापना गर्न कोप–२८ बाट हानि नोक्सानी कोष सञ्चालनको घोषण गरिए पनि प्रभावित समुदायले क्षतिपूर्ति पाउने सुनिश्चित भइसकेको छैन।
विश्वव्यापी तापक्रम वृद्धिबाट जलवायु परिवर्तन हुँदा मानव समुदायको आधारभूत आवश्यकतामा पर्ने पानीको व्यवस्थापन सबैभन्दा बढी प्रभावित भएको छ। तर यो मुद्दा अहिलेसम्म सरकारको प्राथमिकतामा पर्न सकेको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहाल गएको असोजमा १३ दिन विदेशमा थिए। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका उनी त्यहाँबाट सिधै चीन पुगी मानसरोवर र कैलाश पर्वत घुमघाममा केही दिन बिताएका थिए।
खाना पकाउन प्रयोग गरिने एलपी ग्यास र दाउराको सट्टामा विद्युतीय चुल्होको प्रयोग बढाउने सरकारको लक्ष्यमा जनचेतना र विद्यमान विद्युतीय संरचना मुख्य तगारो बन्ने देखिन्छ।
जलवायुजन्य प्रकोपका कारण ग्रामिण क्षेत्रका विपन्न तथा गरिब परिवारको समस्या समाधानमा केन्द्रित हुनुपर्ने सरकारको ध्यान अन्ततिरै छ।
मकवानपुरगढी गाउँपालिकाले विद्यालयमा रैथाने बालीको खाजालाई अनिवार्य मात्र गरेको छैन, खेती गर्ने किसान र बजारीकरण गर्ने सहकारीलाई अनुदान पनि दिएको छ। जसकारण बाँझो जोतेर पनि कोदो लगाउन थालिएको छ।
नगरवासीका अस्वाभाविक मृत्युको कारणमध्ये आत्महत्या प्रमुख रहेको पाइएपछि चितवनको माडी नगरपालिकाले अभियानकै रूपमा आत्महत्या न्यूनीकरणको कदम चालेको छ।
नेपालको वन्यजन्तु पर्यटनलाई विश्वव्यापी बनाउने काम झन्डै ६ दशकअघि बेलायती नागरिक जिम एडवार्डले गरेका थिए। त्यसबेला विदेशी पाहुनामाथि निर्भर पर्यटन व्यवसायको स्वरूप अहिले उल्टिएको छ।
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न थालेपछि होटल पनि धमाधम खुले। सञ्चालन खर्च उठाएर बैंकको ब्याजसमेत तिर्न होटलको ३५ देखि ४० प्रतिशत कोठा भरिनुपर्छ। तर अहिले १५ प्रतिशत कोठा मात्र सञ्चालनमा छन्।
सामुदायिक वन उपभोक्ता महासंघका अनुसार देशभर वनमा आधारित करिब तीन हजार साना उद्यम सञ्चालनमा छन्। ती उद्यमबाट करिब १५ हजार महिलाले प्रत्यक्ष रोजगारी पाएका छन्।
तिलक आफ्नै कम्पनीबाट उच्च मूल्य दिएर किसानका रैथाने उत्पादन किन्छन्। यसबाट जिल्लाजिल्लाका किसान लोपोन्मुख बालीतर्फ आकर्षित हुनुका साथै कृषि जैविक विविधताको पनि संरक्षण भएको छ।
स्वास्थ्य सेवा विभागले बोलपत्र आह्वान गरेका सामग्री साढे ११ करोडमै आउने व्यवसायीहरू बताउँछन्। तर बोलपत्रमा ती सामान किन्न राज्यकोषबाट तिर्ने गरी विभाग आफैँले तोकेको खरिद मूल्य जोड्दा ४८ करोड पुग्छ।
पछिल्लो एक वर्षयता पश्चिम नेपालका पहाडी जिल्लामा पटक–पटक भूकम्प गइरहे पनि विनाशकारी भूकम्प, त्यसमा पनि महाभूकम्पकै खतरा यथावत् छ।
मन्त्रालयले राष्ट्रिय निकुञ्जसहित संरक्षित इलाकामा निजी क्षेत्रलाई व्यावसायिक क्रियाकलाप सञ्चालन र केबलकार, हाइड्रोपावर लगायतका पूर्वाधार बनाएर आयआर्जन गर्न सजिलो हुने कार्यविधि ल्याउन लागेको छ।
नजिकैका वनबाट काठमाडौँका बस्ती पसेर चितुवाले आतंक मच्चाउने गरेको थियो। पछिल्लो चार वर्षमा शहर पसेका २० चितुवालाई उद्धार गरिएको छ। तर ६ महिनायता चितुवा काठमाडौँका बस्ती पसेको भेटिएको छैन।
एक्लै गएर ठीकै गरेछु। मसँग जाने सल्लाह गरेका एक जनाबाहेकका साथी मजति पनि हिँड्न सक्दैनथे। त्यसले यात्रा थप दुई दिन लम्बिन्थ्यो। साथीबिनाको पदयात्राले मलाई देशका सबै ठाउँमा एक्लै घुम्ने आँट आएको छ।
एक दशकअघि पदयात्रामा जाने नेपाली फाट्टफुट्ट भेटिन्थे। अहिले हिमाली भेगमा विदेशीभन्दा बढी नेपाली पदयात्री भेटिन्छन्। नेपालमा व्यावसायिक पदयात्राको शुरूआत भने करिब ५८ वर्षअघि बेलायती नागरिकले गरेका थिए।
घरमा प्रयोग हुने इनामेल पेन्टमा सरकारले तोकेभन्दा २५४ गुणासम्म धेरै सिसा मिसाइएको पाइएको छ। सिसा शरीरमा पर्दा बालबालिकाको स्नायु प्रणालीका साथै वयस्कको मिर्गौला तथा प्रजनन् स्वास्थ्यमा असर पुग्छ।
पहाडी जिल्लामा बाँदर, बँदेल र दुम्सीले बालीनाली उठाउनै नपाउने गरी नष्ट गरिदिइरहेका छन्। पाल्पामा बाँदरले चराउन लगिएका ३ बाख्रा नै मारिदिए। हैरान बनेका किसान ती जनावर मार्ने अधिकार माग्न थालेका छन्।
यस वर्षको मनसुन सरदरभन्दा चारपाँच दिन बढी रहने भएको छ। तर मनसुनमा समयमै पर्याप्त पानी नपर्दा तराईमा कतिपय खेत बाँझै छन्। काठमाडौँ र हिमाली क्षेत्रमा भने बढी पानी परेको छ।