मुद्दा चलाउनुपर्ने निकाय कमजोर छ र त्यही कमजोर निकायले ‘मुद्दा चलाउन सकिन्नँ’ भनेको भरमा हामीले सबै सम्पत्तिमा कर उठाएर ‘ल, ओके’ भन्नु सरासर गलत हो।
एउटा सामान्य हिसाब गरौँ– नेपाली श्रीमती/आमाहरूले 'पारिश्रमिक नमिल्ने' घरको काममा दैनिक कति घण्टा खटिनुपर्छ? त्यही काममा कति प्रतिशत पुरुष सहभागी हुन्छन्?
हिजोको हिंसात्मक विद्रोह होस् या अहिलेको शान्तिपूर्ण राजनीतिको कालखण्ड, माओवादी अध्यक्ष पुष्पकमल दाहालले जहिल्यै अस्थिरता र भद्रगोललाई नै शक्ति आर्जनको अस्त्र बनाएका छन्।
संविधानमा समावेशी लेखे पनि, सार्वजनिक ठाउँमा जेजस्ता बौद्धिक विमर्श गरे पनि चरित्रका हिसाबमा हामी समावेशी हुन सकेका छैनौँ।
जीवन फालेपछि सुख र दुःख नै बाँकी नरहने हुँदा यही जीवनका सुख दुःख भोग्न, न्याय र अस्तित्वका लागि लड्नकै लागि पनि हामी बाँच्नुपर्छ।
'ट्विटर पञ्चायत' नै पत्रकारिता र लेखनको आदि र अन्त्य होइन। यही सत्य नबुझ्दा नेपाली बौद्धिकता धरमराएको छ।
अहिलेका पार्टीहरू पार्टीजस्ता छैनन्, माफियाजस्ता भइसके र तिनका नेतृत्व माफियाका सरदारजस्ता छन्। यो सबैमा देश भने झन्भन्दा झन् बढी थिलथिलो बनिरहेछ।
नेपालको अर्थतन्त्र चलायमान राख्न मध्यपूर्वको मरुभूमि र मलेसियाको जंगलमा परिश्रम गर्ने हाम्रा पुरुष र महिलाहरूलाई सबैले कृतज्ञता र धन्यवाद व्यक्त गर्नुपर्छ।
राष्ट्रपति चयनका लागि जुन राजनीतिक र भूराजनीतिक खिचातानी चलिरहेको छ, त्यो खिचातानी राष्ट्रपति निर्वाचनपछि पनि जारी रहनेछ।
सात दलीय गठबन्धन बन्यो, सरकारमा चार दल मात्रै थिए। फेरि, रास्वपा बाहिरियो। परिस्थितिमा आएको यो परिवर्तनमा व्यापक छलफल अघि बढेको हो। यसकारण नै राष्ट्रिय सहमतिको विषय अघि बढेको हो।
तीन जना निःशस्त्र, गरिब र दलित महिलालाई १७ जना सेनाले नियन्त्रणमा लिई गरेको हत्यालाई भण्डारीले ‘सिकार गर्न गएकाहरू मारिएको’ भनेर चरम् संवेदनहीनता देखाएकी थिइन्।
मापदण्डविपरीतका क्रसर उद्योग बन्द गराउनुपर्छ। वन ऐनविपरीत स्थानीय तहले लगाउँदै आएको गिट्टी-बालुवाको ठेक्का बन्द गर्नुपर्छ। खुला चरीचरण रोक्नुपर्छ। नदीको कटान पनि रोक्ने काम भएको छैन।
कांग्रेस सहमत नहुने गरी माधवकुमार नेपाल राष्ट्रपतिका उम्मेदवार पनि बन्दैनन्, उम्मेदवार भइहाले भने पनि जित्दैनन्। राष्ट्रिय सहमतिको अवस्थामा बाहेक माधवकुमार नेपालले जोखिम लिँदैनन्।
राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई माओवादीले सहयोग गर्छ भन्नेमा हामी विश्वस्त छौँ। त्यसैअनुसार हामीले संवाद अघि बढाएका छौँ। कांग्रेसले पुस १० गते अघिकै गठबन्धनलाई ब्युँताउन खोजेको साँचो हो।
प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपति हुँदैन। माधव कमरेडको कुरा सुन्दा पनि उहाँ राष्ट्रपतिको उम्मेदवार बन्न तयार भएजस्तो मलाई लाग्दैन।
जलवायु परिवर्तनका असर रोक्न हाम्रा भान्छामा के पाकिरहेको छ र त्यो खाना भान्छासम्म आउने क्रममा त्यसले कति दूरी तय गरेको छ, त्यो ख्याल गरौँ।
आजका रियलिटी सोजस्तै नाचगान र सांस्कृतिक कार्यक्रमको अनौपचारिक शुरूआत सदियौँ पहिले हाम्रा समुदायले गरेका हुन्।
राष्ट्रपति निर्वाचनका सन्दर्भमा कांग्रेसले के गर्छ भन्दा पनि सत्तामा रहेका दलले के गर्छन् भन्ने कुरा महत्त्वपूर्ण हो।
यसको सम्पूर्ण दोष आयोगको होइन, तर यसले वेबसाइट बनाउँदा त्यस्ता वेब मापदण्डहरू अपनाउन सक्छ, जुन पहिले नै अन्य देशहरूद्वारा प्रमाणित र प्रकाशित भइसकेको छ।
मैले गरेका भाषिक विभेद र मेरा पूर्वाग्रह म हुर्किएको समाज र सिकाइको उपज हुन् भन्न सकिन्छ।