AnonymousUser

Logout

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिम्स्टेक शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्किएका छन्।

राज्य व्यवस्थामा गृहमन्त्रीलाई सांसदको प्रश्न– तीनकुने जस्तो संवेदनशील क्षेत्रमा किन प्रदर्शन गर्न दिइयो?

चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेपछि त्यस विषयमा शुक्रबार गृहमन्त्री रमेश लेखकले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिएका छन्।

द्वन्द्वकालका ज्यादतीको न्याय निरूपणः कसरी रोकियो, कसले रोक्यो?

हिंसाको राजनीति ‘सधैँलाई बन्द गर्न’ १८ वर्षअघि शुरू भएको शान्तिप्रक्रिया टुंगिएको छैन, दशकदेखि जारी संक्रमणकालीन न्यायप्रक्रिया जहाँको तहीँ छ। कसले रोकिरहेछ द्वन्द्वकालीन ज्यादतीको न्याय निरूपण?

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको चालु अधिवेशन राति १२ बजेबाट अन्त्य हुने जानकारी गराएसँगै बैठक स्थगित गरेका थिए।

संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले संघीय संसद्को चालु हिउँदे अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका दीपकराज जोशी विजयी भएका छन्।

कुलमानका विषयमा ५ दिन संसद् अवरोधपछि प्रधानमन्त्रीको जवाफ २ मिनेट

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीको विषयलाई लिएर विपक्षी सांसदले गरेको संसद् अवरोधका कारण पूर्वराजाका समर्थकले गरेको विध्वंसबारे पनि तत्काल छलफल हुन सकेको थिएन।

संसदमा प्रधानमन्त्रीको सम्बोधनः चैत १५ को घटनामा पूर्वराजाले उन्मुक्ति पाउनुहुन्न

प्रधानमन्त्री ओलीले चैत १५ को आन्दोलनको प्रमुख व्यक्ति भएको हैसियतले राजाले यस विषयमा सार्वजनिक धारणा राख्नुपर्ने पनि बताएका छन्।

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

विपक्षी दलहरूले उठाउँदै आएको कुलमान घिसिङको बर्खास्ती प्रकरणसहित चैत १५ को आन्दोलनलगायत विषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ।

अमेरिकामा पक्राउ परेकामध्ये ४ जना भुटानी शरणार्थीलाई पारो ‘डिपोर्ट’ गरियो

दक्षिणी भुटानका नेपालीभाषी नागरिक देश निकाला गर्न थालेको र शरणार्थी समस्या शुरू भएको तीन दशकपछि पहिलोपटक भुटानले ‘आफ्नो नागरिक’ स्विकार्दै भुटान प्रवेशमा अनुमति दिएको छ। 

राष्ट्रियसभाको बैठकमा बिहीबार पनि अवरोध

राष्ट्रियसभाको बैठक शुरू भए लगत्तै विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका थिए। विरोधपछि बैठक एक घण्टाका लागि स्थगित भएको छ। 

शून्य समयमा किन बेजोडले हाँसे कलबहादुर हमाल?

सभामुख नन्दा गुरुङले बोल्न समय दिएपछि सांसद कलबहादुर हमाल हाँस्न थालेका थिए। सभामा उनको हाँसोबारे अहिले पनि सोसल मिडियामा टीकाटिप्पणी भइरहेको छ।

‘मन्त्रीहरूले कानमा तेल हालेर बस्न मिल्छ?’

आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सदनमा सात दिनभित्र दिनुपर्ने व्यवस्था छ, तर जवाफ आउँदैन। मन्त्रीहरू संसद्प्रति उत्तरदायी नहुँदा सत्तापक्षकै सांसद पनि असन्तुष्ट छन्।

प्रतिपक्षद्वारा राष्ट्रियसभाको बैठक अवरुद्ध

प्रतिपक्ष दलका सांसदहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएकोप्रति विरोध जनाउँदै बैठक अवरुद्ध गरेका हुन्।

प्रतिनिधिसभामा विपक्षी दलको अवरोध, प्रधानमन्त्रीको जवाफ माग 

माओवादीका सांसद शक्ति बस्नेतले परिवर्तित परिस्थितिप्रति सरकार बेखबर भएर स्वार्थ समूह एवं बिचौलियाको हितमा लागि परेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएको बताए। 

राजावादी नै देख्दैनन् राजतन्त्र फर्किने सम्भावना

पूर्वराजाको पक्षमा भन्दै भइरहेका गतिविधि र शक्ति प्रदर्शनबाट राजतन्त्र आउने सम्भावना राजावादीहरू नै देख्दैनन्। आन्दोलनका ‘कमान्डर’ तोकिएका नवराज सुवेदीसमेत यस्ता आन्दोलनले राजतन्त्र नफर्किने बताउँछन्।

जातीय विभेददेखि निर्माण सामग्रीको मूल्यवृद्धिसम्मका विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण

सांसदले जातीय विभेदका घटना, आगलागी, बाढी पहिरोको जोखिम, निर्माण सामग्रीको मूल्यवृद्धि नियन्त्रण, कृषि मलको व्यवस्थापनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

१ अर्ब राजस्व उठाउने मालपोतको भवन भूकम्पको जोखिममा

विसं २०७२ को भूकम्पमा रातो स्टिकर टाँसिएको मालपोत कार्यालय भरतपुरको भवन हालसम्म पुनर्निर्माण हुन सकेको छैन।

दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति गठनको माग

सांसद जीवन परियारले औरही–५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादव र महायज्ञका आयोजक बजरङ बाबाले दीपक मलिकको घर भत्काएकामा निन्दा गर्दै छानबिन समिति गठनको माग गरे।

२५ करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

सांसद माधव सापकोटाले काठमाडौँको टोखा नगरपालिका–२ झोरबाट नेपाल प्रहरीले करिब २५ करोड रुपैयाँ अवैध रकमसहित एउटा गाडी बरामद गरेको घटना उल्लेख गर्दै घटनाबारे गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गरे।