AnonymousUser

Logout

कांग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता

नेता कोइरालाको निजी सचिवालयका अनुसार मार्टिनले शान्ति प्रक्रियाका कुरालाई लामो समयसम्म राख्न नहुने बताएका थिए।

संसद् अधिवेशन बोलाउन सरकारलाई संयुक्त दबाब दिने प्रतिपक्षी दलको निर्णय

सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्नेसमेत निर्णय भएको बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।

कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ देखि

प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

नेवानिका समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायु सेवा निगमका समस्या समाधानका निम्ति अध्ययन गरेर १ महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी सांसद शिशिर खनालको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरेको छ।

मितेरी सहकारी ठगी प्रकरणमा धनराज गुरुङसँग दोस्रो पटक सोधपुछ

सीआईबीले ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङसँग दोस्रो पटक सोधपुछ गरेको छ।

माओवादी केन्द्रीय सदस्यले फागुन १ भित्र सम्पत्ति विवरण पेश गर्नुपर्ने

माओवादी केन्द्रले आगामी फागुन १ भित्र सबै केन्द्रीय सदस्यले आफू र परिवारको सम्पत्ति विवरण पार्टीमा बुझाउनु पर्ने र जीवननिर्वाहको स्रोत खुलाउनु पर्ने प्रस्ताव पारित गरको छ।

एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन: अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार

एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठन भएयता मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार भइरहेको तर अपेक्षित गति लिन नसकेको बताएका छन्।

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट

उनीहरूबीच एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिइन्।

राज्य व्यवस्था समितिबाट भ्रष्टाचार निवारणसम्बन्धी विधेयक पारित

विधेयकमाथिको छलफलमा उठेका विषयलाई टुंगोमा पुर्‍याउन समिति सदस्य हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो।

माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण दिवस’ मनाइने, यस्ता छन् मन्त्रिपरिषद्का बाँकी निर्णय

सरकारले प्रत्येक वर्ष माघ १४ गतेलाई ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’का रूपमा मनाउने भएको छ।

एमालेले भीम रावललाई साधारण सदस्यबाट हटायो, विन्दा र उषाकिरणलाई ६ महिना निलम्बन

बुधबार बसेको एमालेको सचिवालय बैठकले पार्टीका तीन जना सदस्यलाई कारबाहीको निर्णय गरेको हो।

पूर्व अर्थमन्त्री र अर्थविद् सांसदलाई चासो छैन आर्थिक विधेयकमा, जाँदैनन् समिति बैठक

अर्थ समितिमा पूर्व अर्थमन्त्रीहरूसहित अर्थशास्त्रका जानकार सांसदहरू छन्। तर विभिन्न विधेयक र महत्त्वपूर्ण विषयको छलफलमा विज्ञ मानिएका सांसद नै अनुपस्थित हुने गरेका छन्।

परराष्ट्रमन्त्री देउवा बर्लिनबाटै भारत प्रस्थान

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेकी छन्।

खेलाडी, प्रशिक्षकलगायत ३५ जनालाई सम्मान गरिने, यस्ता छन् मन्त्रिपरिषद्‍का अन्य निर्णय

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गुरुङले गत बिहीबार र शुक्रबारका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्।

नेपालीलाई जर्मनी र फ्रान्सले दिन्थे ‘अन–अराइभल’ भिसा, अहिले लेबनानले पनि पत्याउँदैन

नेपालीलाई कुनै समय जर्मनी र फ्रान्सजस्ता शक्तिशाली देशले पनि अन–अराइभल भिसा दिन्थे, तर अहिले युद्धमा फसेको र नेपाली शान्ति सेना जाने लेबनानले पनि पत्याउँदैन। किन कमजोर भयो नेपालको राहदानी?

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचनाआयुक्तको शपथ

असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अल्मल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने प्रधानमन्त्री ओलीको भनाइ थियो।

अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच छलफल

अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न मन्त्री लुलाई आग्रह गरे।‍

पर्सामा रास्वपाका सभापति लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी

अदालतले बुधबार रास्वपाका सभापति लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको हो।

चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप

रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ८ जना प्रहरी तथा १६ जना प्रदर्शनकारी घाइते भएका छन्।

सर्केगाडको उपाध्यक्षमा माओवादी केन्द्र विजयी

नेपाली कांग्रेसकी सविता बुढालाई ४३ मतले पछि पार्दै माओवादी केन्द्रकी देवकी तिमिल्सिना निर्वाचित भएकी हुन्।