AnonymousUser

Logout

कीर्तिपुरको प्रमुखमा कांग्रेसका डंगोल निर्वाचित

कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा कांग्रेसका कृष्णमान डंगोल पाँच हजार ३३४ मतसहित निर्वाचित भएका छन्।

स्थानीय तह उपनिर्वाचन : को कहाँ निर्वाचित?

आइतबार सम्पन्न उपनिर्वाचनको अधिकांश स्थानको नतिजा आइसकेको छ भने बाँकी रहेका स्थानको पनि सोमबार अबेर रातीसम्ममा नतिजा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ।

उपनिर्वाचन: गढीमाई –८ मा नेकपा एस र ईशनाथ–७ मा कांग्रेस विजयी

रौतहटको गढीमाई नगरपालिका– ८ को वडाध्यक्ष पदमा  नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार बजरङ्गीप्रसाद यादव तथा ईशनाथ नगरपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका हुन्।

दर्चुलाको दुहुँ–५ को वडाध्यक्षमा कांग्रेसका कुँवर विजयी

दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्षमा कांग्रेसका धनबहादुर कुँवर विजयी भएका छन्।

स्थानीय तह उपनिर्वाचनको तयारी पूरा

आयोगका अनुसार मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारीचालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउनेछन्।

उपनिर्वाचनको मौन अवधि शुरू, के–के गर्न पाइँदैन?

निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि शुरू भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ।

कीर्तिपुरमा राजमानको उम्मेदवारीले दलहरूलाई थपिएको चुनौती

यही आइतबार हुने स्थानीय तहको उपनिर्वाचनमा अरूभन्दा धेरै चर्चामा रहेको कीर्तिपुर नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजमान महर्जन प्रमुख दलहरूलाई चुनौती बनेर उभिएका छन्।

कीर्तिपुरमा ३३ वर्षदेखि प्रमुख चुनावी मुद्दा– खानेपानी, तर सधैँ हाहाकार

तीन दशकदेखि कीर्तिपुर नगरपालिका क्षेत्रमा मत माग्ने हरेक उम्मेदवारले खानेपानी समस्या समाधान गर्ने वाचा गर्छन्। यस पटकको उपनिर्वाचनमा पनि कीर्तिपुरका प्रमुख पदका उम्मेदवार यही मुद्दा अघि सारिरहेका छन्।

कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन आयोगको आग्रह

निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनमा विशेष बिदा या अन्य वैकल्पिक उपाय अपनाइ कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।

चीनको भ्रमणमा ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्रीको भनाइ

चीन भ्रमणका क्रममा विगतमा भएका सहमति र सम्झौताको कार्यान्वयन, प्रसारण लाइन विस्तार, नेपाली उत्पादन निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने तयारी रहेको प्रधानमन्त्रीको भनाइ छ।

निर्वाचन प्रचारमा १० भन्दा बढी झन्डा र चुनावचिह्न प्रयोग नगर्न निर्देशन

प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा साइनबोर्ड राख्न तथा श्रव्यसामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन नगर्न पनि आयोगले सचेत गराएको छ।

भारतमा मुख्यमन्त्रीहरूको बेलगाम बुलडोजरमाथि न्यायालयको लगाम

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई ‘बुलडोजर बाबा’ नै भन्न थालिएको थियो। कुनै अपराधका आरोपीको घर भत्काउन डोजर पठाउने आतंक अरू प्रान्तमा पनि थियो। नेपालमा समेत लोकरिझ्याइँका लागि यही सिको गरिँदैछ।

स्थानीय तह उपनिर्वाचनः ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान

निर्विरोध निर्वाचित भएका बाहेक अन्य ३७६ जना उम्मेदवारलाई आज सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ।

इजरायल–हमास युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

ज्ञापनपत्रमा नेपालको तटस्थ परराष्ट्र नीतिको मान्यतामा परिवर्तन गर्न र अन्यायमा परेकाको पक्षमा स्पष्टरूपमा संयुक्त राष्ट्रसंघ जस्ता मञ्चमा मत जाहेर गर्न माग गरिएको छ।

शान्ति सम्झौताको १८ वर्ष: न्यायको प्रतीक्षामा पीडित

पीडितले पूर्ण रूपमा न्याय पाएको अनुभूति हुने गरी संक्रमणकालीन न्यायको काम अगाडि बढाउन सरकार, सम्बद्ध पक्ष उत्तिकै जिम्मेवार हुनुपर्छ।

उपनिर्वाचनमा ९ वटा संस्थालाई पर्यवेक्षणको अनुमति

निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नौ वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ।

उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था बलियो बनाउन आयोगको आग्रह

आयोगले उपनिर्वाचन हुने स्थानीय तहमा मदिराजन्य पदार्थ बिक्रीवितरण तथा सेवनमा रोक लगाउन, मतदाताको सहज आवागमनका लागि सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध गर्न पनि सरकारसँग आग्रह गरेको छ।

मतदानस्थलमा आधारभूत भौतिक संरचनाको व्यवस्था गर्न आयोगको निर्देशन

आयोगले मतदानस्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार, आवतजावतको वैकल्पिक मार्गका साथै ज्येष्ठ नागरिक, महिला तथा अपांगमैत्री बनाउन निर्देशन दिएको छ।

उपनिर्वाचन : ४२ पदका लागि ४०७ जनाको मनोनयन दर्ता

नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।