माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार घोषणा गर्ने समाजवादी मोर्चाका लागि आइतबार बैठक बसेर १५ बुँदे साझा प्रतिबद्धता तय गरेका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतअनुसार अहिलेसम्म पाँचथर, संखुवासभा, ताप्लेजुङगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ।
ठेकेदार, व्यापारीलगायत स्वार्थ बाझिने व्यक्तिहरू बढ्दै गएको संसद्मा बेलगाम चलिरहेको ‘स्पोन्सर्ड’ विदेश भ्रमण गर्ने सांसदहरूमार्फत् प्रवेश गरिरहेको स्वार्थ थप जोखिमपूर्ण छ।
एमालेले ‘बार्गेनिङ पावर’ बढाउन समाजवादी मोर्चा बन्ना लागेको टिप्पणी गर्दा एकीकृत समाजवादी र माओवादी केन्द्रका सांसदले देशलाई स्थिर रूपमा अगाडि बढाउन समाजवादी शक्ति एकताबद्ध हुन लागेको बताएका छन्।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरूले त्यसमा समर्थन गर्न नसक्ने बताएका छन्।
नेमकिपा सांसद प्रेम सुवालले मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न नचाहनेहरूलाई सरकारले कानून निर्माण गरी अनुमति दिनुपर्ने बताएका छन्।
रास्वपा उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले असार १ गते भारतीय प्राविधिकको टोलीले एकतर्फी रूपमा सीमाको भूमि नापजाँच गर्दा नेपालका सुरक्षाकर्मीले सुइँकोसमेत नपाएको भन्दै आपत्ति जनाएका छन्।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशको शासन र शासकीय संरचना सुधारका लागि राष्ट्रपति दोहोर्याएर, प्रधानमन्त्री दुई पटकभन्दा बढी बन्न नहुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन लगायतका दुनियाँका सबै पार्टीहरूले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको बताएका छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको नवौँ महाधिवेशनमा सुखी नेपाली र समृद्ध नेपाल भन्ने नारा आफूले अगाडि सारेको बताएका छन्।
एमाले अध्यक्ष ओलीले समाजवादी मोर्चा बनाउने कुरा एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन मात्रै भएकोले डराउन आवश्यक नरहेको बताएका छन्।
आयोजनाको स्थलगत अवलोकनपछि प्रधानमन्त्री दाहालले स्थानीय जनप्रतिनिधि र नागरिकसँग अन्तरक्रिया गरेका छन्।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले महाधिवेशन नआई पार्टी सभापति शेरबहादुर देउवालाई पदबाट हटाउन नमिल्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय जनगणनामा पुन मगरलाई छुट्टै जातिको रूपमा राख्ने कार्य त्रुटिपूर्ण भएकाले त्यसलाई सच्याइने प्रतिबद्धता जनाएका छन्।
जनमत पार्टीका अध्यक्ष सीके राउतले बैंक लुटेजसरी चार यारहरूले बजेट लुटेको र अँध्यारो कोठामा गएर भागबन्डा गरेको टिप्पणी गरेका छन्।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट सच्याएर नल्याए जनताले नमान्ने र संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पर्ने टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले दाहाल नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरूपको बजेट आउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
बौद्धिक जनशक्ति विदेश पलायन भइरहेकाले त्यस्तो जनशक्तिलाई नेपालमा नै सेवा गर्न प्रेरित गर्न आयोगले भूमिका खेल्नुपर्ने उपराष्ट्रपति यादवले बताएका छन्।
सांसदहरूले समसामयिक विषय र आ–आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित विषयमा धारणा राखेका छन्। नागरिकका समस्या समाधानका लागि सरकारको उपस्थिति न्यून देखिएको उनीहरूको भनाइ छ।
प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिमा निर्वाचित सभापति नहुँदा कामकारबाही आफ्नो ढंगबाट अगाडि बढ्न नसकेको बताउँदै सांसदहरूले यथाशीघ्र सभापति चयन गर्न माग गरेका छन्।