माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए।
समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने भिजनभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै रहेको अध्यक्ष ओलीको भनाइ थियो।
अर्थमन्त्री डा. महतले करको दर हेरफेरबारे आफूसहितका आधिकारिक व्यक्तिहरूले निर्णय गरेर ‘इन्ट्री’ गर्दा श्रेष्ठलाई सहयोगीका रूपमा लिएको बताएका छन्।
जसपा प्रमुख सचेतक यादवले आफ्नो पार्टीले सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्नेसमेत बताएका छन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणलगायत समसामयिक विषयमा सम्बोधन गर्ने कार्यसूची थियो।
प्रधानमन्त्री दाहाललाई सांसदहरूले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति, सीमा विवाद र नागरिकता विधेयक प्रमाणीकरणका विषयमा प्रश्न गर्दा प्रतिनिधिसभामा चर्काचर्कीको स्थिति सिर्जना भएको छ।
एमाले अध्यक्ष ओलीले बंगलादेशसम्म जानका लागि जमिन दिनुपर्छ भन्ने विषय अन्तर्राष्ट्रिय प्रचलनमा नरहेको, देशको संविधानभन्दा पनि परको विषय भएको बताएका छन्।
प्रधानमन्त्री दाहालले अघिल्लो सदनले विधिसम्मत ढंगले पारित गरेको विधेयकलाई अहिलेको संसद्ले मान्दिन भन्न नमिल्ने तर्क गरे।
प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरणका लागि सिफारिस नगरी अनुरोध मात्रै गरेको बताएका छन्।
निर्वाचन आयोगले गृहमन्त्रीलाई कार्यालयमा बोलाएर सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको जिल्ला निर्वाचन कार्यालय खारेजीबारे ध्यानाकर्षण गराएको छ।
प्रधानमन्त्रीलाई भारत भ्रमणबारे प्रश्न गर्ने क्रममा रास्वपा सांसद शिशिर खनालले 'प्रधानमन्त्री भैँसी चढेर आएको' अभिव्यक्ति दिएपछि केहीबेर सत्तापक्ष र प्रतिपक्षी सांसदबीच नोकझोक भएको छ।
सांसदहरूले नागरिकता विधेयक प्रमाणीकरण प्रक्रियामा त्रुटि भएकाले त्यसलाई खारेज गरेर पुनः संसद्मा दर्ता गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँस गरेर आइतबार १ घण्टापछि बस्ने गरी स्थगित भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले सोमबार बिहान ११ बजेका लागि निर्धारण गरिएको जनाएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितरक्षापछि मात्रै संसद्मा भएको अवरोध हट्ने बताएका छन्।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई संशोधन गर्न सरकारसँग माग गरेका छन्।
राष्ट्रपति संस्था सैद्धान्तिक रूपले अभिभावक हुन नसक्ने अध्यक्ष लिङ्देनको भनाइ छ।
प्रमुख प्रतिपक्षी दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्।
कालापानी, लिपुलेक र लिम्पियाधुरा बंगलादेश जाने मार्गका लागि छोड्न सक्ने अभिव्यक्ति दिएर प्रधानमन्त्रीले गम्भीर राष्ट्रघात गरेको पोखरेल आरोप छ।
बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल शुरू हुने कार्यसूची छ।
नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक संकट टार्दै राष्ट्रिय एकताको रक्षा गरेको बताएको छ।