AnonymousUser

Logout

नागरिकता विधेयक प्रमाणीकरण संविधान र संसदीय मूल्य मान्यताले नचिनेको बाटोबाट : सुवास नेम्वाङ

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद्को निर्णय र सिफारिसबाट अचानक विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको भन्ने घटनाले पार्टीलाई स्तब्ध तुल्याएको प्रतिक्रिया दिएका छन्।

नेपाली भूमि समावेश नक्साबारे भारतसँग कूटनीतिक माध्यमबाट छलफल भइरहेको छ : गृहमन्त्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन्।

प्रधानमन्त्री दाहाल भारत प्रस्थान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल भारत प्रस्थान गरेको हो। दाहालले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका छ। 

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधेयक राष्ट्रपति पौडेलले बुधबार बिहान प्रमाणीकरण गरेका हुन्। 

असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न एकीकृत समाजवादीको आग्रह

कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत सीमा क्षेत्रका विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न एकीकृत समाजवादीले अनुरोध गरेको छ। 

प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जाँदै, बिहीबार मोदीसँग भेटवार्ता

भ्रमणका क्रममा नेपालको ऊर्जा तथा जलविद्युत्‌को क्षेत्रमा भारतीय लगानीको प्रवर्द्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रधानमन्त्रीले भारत भ्रमणका बेला नेपाली भूमि समेटिएको नक्साको विषय उठाउनुपर्छ : ओली

भारतजस्तो पुरानो, सुदृढ, नमूना लोकतन्त्र भनिएको देशले नेपालको भूमि नक्साभित्र हालेर संसद्मा राख्ने कार्य उचित मान्न नसकिने एमाले अध्यक्ष ओलीको भनाइ छ।

प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान

कार्कीमाथि लिखित रूपमा पत्र वा इमेलमार्फत उजुरी दिन सकिने समितिल‍े जनाएको छ।  वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।

भारतसँग कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ: परराष्ट्रमन्त्री 

भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

संसदीय सुनुवाइ विशेष समितिको बैठक शुरू, सभामुख र राष्ट्रियसभाका अध्यक्षको सम्बोधन

सिंहदरबारमा जारी पहिलो बैठकमा सभामुख घिमिरेले समितिमा अनुभवी सदस्यहरू रहेका कारण जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे।

रेशमलाई सजाय माफी हुँदा अरू चार थारू युवा जेलमै 

पार्टी खोलेर ‘बार्गेनिङ’ गर्ने शक्तिआर्जन गरेका रेशम चौधरी सरकारबाट माफीनामा पाएर कारागारमुक्त हुँदा उही घटना र उही कसुर लागेका थारू समुदायका चार युवा–किशोर भने जेलमै छन्।

रास्वपा समानुपातिक सांसद् बिन्दवासिनी कंसाकारले लिइन् शपथ

रास्वपा समानुपातिक सांसद बिन्दवासिनी कंसाकारलाई सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराएका छन्।

नयाँ पुस्ताले 'हामी नै विकल्प हो' भन्ने सोच राख्न हुँदैन: पूर्वराष्ट्रपति भण्डारी

“कोही एकाएक गड्यौलाजस्तो आजको आजै निस्किएको भन्ने सोच्नु हुँदैन। नयाँ उदयमान शक्तिहरूले मातृभूमिलाई शिरमा राखेर देशको हितमा काम गर्छन् भने उनीहरूलाई जनताले साथ दिन सक्छन्।”

भारत जानुअघि उत्साहित प्रधानमन्त्री, अरूमा भने आशाभन्दा संशय

भारतसँग विगतमा धेरै विषयमा सम्झौता भएका छन्। तर, तिनलाई कार्यान्वयन गर्न गम्भीर नबनेको आरोप भारतमाथि लाग्दै आएको छ। विज्ञहरूले यसपटकको भ्रमणमा यी विषय उठाउन सुझाएका छन्। 

संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट कांग्रेस र एमालेका चार-चार सांसद

समितिमा कांग्रेसबाट रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की छन्। एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लीलानाथ श्रेष्ठ र ईश्वरी जीएम छन्।

भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित विज्ञहरूसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले बोलाएको बैठकमा पूर्वप्रधानमनेत्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, बाबुराम भट्टराई र झलनाथ खनाललगायत सहभागी छन्।

रेशम चौधरीको सजाय माफीका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद् बैठकले रेशम चौधरीको सजाय माफी दिन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। यससँगै, गणतन्त्र दिवसमा उनी जेलमुक्त हुने बाटो खुलेको छ।

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

संघीय संसद्को जेठ ५ को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट जेठ ९ गते नै पारित भइसकेको छ। 

नेपाली भूमि फिर्ता लिनेबारे भारतसँग छलफल हुन्छः प्रधानमन्त्री 

शनिबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले नेपालको सीमा सुरक्षाबारे भारत भ्रमणका क्रममा गम्भीरतापूर्वक छलफल गर्ने प्रतिबद्धता जनाए।

ओलीले रोस्टमबाट अनुसन्धान प्रभावित हुने अभिव्यक्ति दिए: विश्वप्रकाश शर्मा

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको छ भन्ने अभिव्यक्ति दिएकोप्रति शर्माले आपत्ति जनाएका छन्।