AnonymousUser

Logout

इपीजीको विषयलाई उचालेर २ देशबीचको सम्बन्ध बिगार्न चाहिनँ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा इपीजीको विषयलाई उचालेर आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखी वातावरण बिगार्न नचाहेको बताएका छन्।

मोदीसँगको खुलस्त कुराकानीले थाँती रहेका विषय सम्बोधन गर्ने आधार तयार भयो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको दाबी गरेका छन्।

एमालेले प्रधानमन्त्रीले भारत भ्रमणमा दिएको अभिव्यक्तिको संसद्मा जवाफ माग्ने

एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्र हितविपरीत अभिव्यक्ति दिएको भन्दै संसद्मा जवाफ माग गर्ने निर्णय गरेको छ।

अनियमितता गरेको भेटिए माओवादीकै नेता भए पनि छुट दिइने छैन : गृहमन्त्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अनुसन्धानलाई खेर जान नदिने बताएका छन्।

अब म पार्टी सभापति हुने होइन, युवाहरू मिलेर कांग्रेसलाई बलियो बनाउनुहोस् : देउवा

नेपाली कांग्रेसका सभापति देउवाले कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन्। अब युवा पुस्ता मिलेर कांग्रेसलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ।

भारत भ्रमण दूरगामी प्रभावको र पहिलेकाे तुलनामा बढी फलदायी रह्यो: प्रधानमन्त्री दाहाल (अन्तर्वार्ता)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मेरा बीचमा खुलेर जसरी कुरा भयो, एउटा विश्वासको राम्रो वातावरण बन्यो। त्यो स्तरमा विगतमा खुलेर कुराकानी त्यति हुने गर्दैनथ्यो।

नागरिकता विधेयक प्रमाणीकरणले संसद्को अपमान भयो, देशभर विरोध हुन्छ : एमाले

एमालेले नागरिकता विधेयक प्रमाणीकरणले संसद्को विशेषाधिकारको हनन भएको निष्कर्ष निकाल्दै सरकारको यस कदमको देशभर विरोध गर्ने भएको छ।

शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा चीनको चासो छ : अग्नि सापकोटा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयमा चीनले चासो राखेको बताएका छन्।

राष्ट्रपतिबाट ऐन प्रमाणीकरणपछि नागरिकता समस्या कति सुल्झियो, कति बाँकी?

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि आमाको नामबाट तथा जन्मका आधारमा अंगीकृत नागरिकका सन्तानलाई पनि नागरिकता दिने व्यवस्था भएको छ। तर, महिला र लैंगिक अल्पसंख्यकका कतिपय सवाल यथावत् नै छन्।

कांग्रेस सभापति देउवाको एकल निर्णयविरुद्ध संघर्ष गर्ने गगन थापाको चेतावनी

कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाको एकल निर्णयविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्री दाहाल इन्दोरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत 

प्रधानमन्त्री दाहालले स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेशनले गरेको फोहर व्यवस्थापनसम्बन्धी सफल अभ्यासबारे जानकारी लिने कार्यक्रम छ। 

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रू’ भयो: प्रधानमन्त्री 

सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलोपटक प्रतिबद्धता जनाएको प्रधानमन्त्री दाहालको दाबी छ। 

देश जसपाको अजेन्डामा अगाडि बढिरहेको छ: उपेन्द्र यादव

जसपा समावेशिता, पहिचान, समानुपातिक समावेशी, जातीय विभेद अन्त्य र नागरिकता समस्या समाधान गर्ने पार्टीका रूपमा स्थापित भएको यादवको भनाइ छ।

कांग्रेसलाई पुनर्निर्माण गर्न सबै गुटहरू भत्काउनुपर्छ: गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले सबै गुट भत्काएर पार्टीलाई पुनर्निर्माण गर्नुपर्ने बताएका छन्। उनले कांग्रेसलाई बदल्न चाहनेहरूलाई विगतका दाइहरूको साथ छाड्न आग्रह गरेका छन्।

सांसद विकास कोष खारेजीको माग गर्दै रास्वपाले दर्ता गर्‍यो संकल्प प्रस्ताव

रास्वपाले ‘सांसद विकास कोष’ खारेजीका लागि संघीय संसद् सचिवालयमा बिहीबार संकल्प प्रस्ताव दर्ता गराएको छ।

नागरिकता विधेयक प्रमाणीकरणले जनताको अधिकारमाथि प्रहार भयो : सुवास नेम्वाङ

एमाले उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनुले जनताको अधिकार र संसद्माथि प्रहार भएको बताएका छन्।

मैले र नेपालका प्रधानमन्त्रीले द्विपक्षीय सहकार्यलाई सुपरहिट बनाउने महत्वपूर्ण निर्णय गरेका छौँः मोदी

पत्रकार सम्मेलनमा मोदीले सन् २०१४ मा आफूले पहिलोपटक प्रधानमन्त्री बनेको तीन महिनामै नेपाल भ्रमण गरेको स्मरण गर्दै त्यसबेला नेपाल–भारत सम्बन्धका लागि आफूले भनेका कुरा चरितार्थ भएको बताए।

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

भेटवार्ताका क्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची छ।

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री दाहालले बिहान महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ। त्यसलगत्तै हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता हुनेछ।

लेखा समिति : आन्तरिक कार्यविधि मस्यौदा तयार पार्न उपसमिति गठन

सांसद राजेन्द्रकुमार केसी संयोजक तथा ऋषिकेष पोखरेल, रामकृष्ण यादव, डा. अमरेशकुमार सिंह र हरि ढकाल सदस्य रहने गरी कार्यविधि मस्यौदा निर्माण उपसमिति गठन गरिएको छ।