AnonymousUser

Logout

पशुपतिको जलहरीमा ओलीलाई जोड्नु उचित होइन: प्रधानमन्त्री

जेठ १० गते बसेको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद लेखनाथ दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

मुलुकमा सुशासनको यात्रा आरम्भ भएको प्रधानमन्त्रीको दाबी

भ्रष्टाचार र विकृतिविरुद्ध जनतामा एउटा नयाँ आन्दोलन र संस्कारको शुरूआत हुन थालेको प्रधानमन्त्री दाहालको भनाइ छ। 

आलोचना गर्नुस्, कांग्रेस आलोचनाबाट डराउँदैनः देउवा

नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले कांग्रेसलाई स्वस्थ आलोचना चाहिने बताएका छन्। 

प्रधानमन्त्री दाहाल जेठ १७ गते भारत भ्रमणमा जाने, १८ गते मोदीसँग वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेठ १७ गतेदेखि भारत भ्रमण गर्ने निश्चित भएको छ। नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले दाहालको भ्रमणबारे औपचारिक घोषणा गरेका छन्।

जलहरीबारे सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने र एमालेले संसद् अवरोध नगर्ने सहमति

सांसद राजन दाहालले बोलेको कुरा रेकर्डबाट हटाउने र प्रधानमन्त्री दाहालले यस विषयमा प्रतिनिधिसभामा बोल्ने शीर्ष तीन दलबीच सहमति बनेपछि शनिबार एमालेले सदनमा अवरोध नगर्ने भएको छ।

प्रधानमन्त्रीसहित काङ्ग्रेस र एमालेका शीर्ष नेताहरूबीच संसद् अवरोध खुलाउने विषयमा छलफल

सदनको अवरोध हटाउने विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, र प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष ओलीसहितका नेता प्रधानमन्त्री कार्यालय सिंहदरबार गएका छन्। 

शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजियो: ओली

ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूसँग नजिकका व्यक्तिलाई बयानमा नाम भन्न लगाएको आरोप लगाए। एमालेविरुद्ध हिलो छ्याप्ने र आरोपित गर्ने प्रयास भइरहेको उनको भनाइ छ।

जसपा प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रबार प्रमुख सचेतकमा प्रदीप यादवलाई नियुक्त गरेका हुन्।

संसद् बैठक सुचारु गर्न सर्वदलीय छलफल जारी

शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची छ। 

कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा

सभापति शेरबहादुर देउवाले विभाग गठनको प्रारम्भ गर्दै पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई दिएका छन्। 

एमालेलाई माओवादीको जवाफ– संसद्‌मा आफ्नो कुरा राख्न पाइन्छ

संसद्लाई व्यवस्थित रूपमा अघि बढाउने कुरा भइरहँदा प्रमुख प्रतिपक्षी दलले अवरोध गरेको माओवादी प्रमुख सचेतक पाण्डेले बताएका छन्। 

रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न जनमोर्चाको माग

जनमोर्चाले टीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना रहेको उल्लेख गरेको छ।

एमालेको नाराबाजीपछि संसद् बैठक स्थगित

पशुपतिनाथमा सुन भनेर पित्तल हालेको आरोप अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको भन्दै एमालेले संसद् अवरुद्ध गरेको हो।

रेशम चौधरीलाई सजाय माफी दिने तयारी, सरकारको पत्र राष्ट्रपति कार्यालयमा

गणतन्त्र दिवसका दिन चौधरीलाई रिहा गर्न गृह मन्त्रालयले राष्ट्रपति कार्यालयलाई पत्र पठाएको छ। तर, अदालतले ‘क्रुर तथा अमानवीय तरिकाले हत्या गरेको’ ठहर्‍याएको अवस्थामा कानून बमोजिम माफी दिन मिल्दैन।

बयानकै आधारमा पक्राउ गर्न मिल्दैन, थप अनुसन्धान जारी छ: गृहमन्त्री 

मुलुकमा व्याप्त कमिसन र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन नसक्ने गृहमन्त्री श्रेष्ठको भनाइ छ।  

रवि लामिछानेको आक्रोश– घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ

मुद्दा हाल्नु  र मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको लामिछानेको भनाइ छ।  

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै, नेपाल–भारत सम्बन्धका विषयमा छलफल हुने

बैठकमा नेपाल–भारत शान्ती तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय, नेपाल–भारत जलस्रोत सम्बन्धलगायत विषयमा छलफल हुने बताइएको छ।

रवि लामिछानेको सांसद पद खारेज गर्न दिएको रिट सर्वाेच्चमा दर्ता

सर्वाेच्चमा वैशाख २५ गते पेश भएको रिट दरपीठ भएको थियो। तर, न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले जेठ ८ गते दर्ताको आदेश दिएको थियो। रिटको पेसी जेठ १७ गते तोकिएको छ।

तीन महिनापछि संसद्‍मा भण्डारीको सम्बोधन- जलन उपचारका लागि सुविधासम्पन्न अस्पताल बनोस्

जलनको उपचार गरेर फर्केलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालमा पनि उपचारका लागि सुविधासम्पन्न अस्पताल आवश्यक भएको जानकारी गराएको भन्दै भण्डारीले सरकारको ध्यानाकर्षण गरे।

वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री कुमारीले लिए शपथ

मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ गराएका छन्।