AnonymousUser

Logout

नागरिकका संवेदनशील विवरण निजी कम्पनीलाई रुजु गर्न दिइएको भन्दै चित्रबहादुरले संसद्‍मा जनाए आपत्ति

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले जनताले नयाँ पार्टीबाट केही आशा राखेको भए पनि उनीहरूले नै पुराना पार्टीले गरेका गल्ती दोहोर्‍याउने काम गरिरहेको दाबी गरेका छन्।

संसद्‌मा रघुजी पन्तले सुनाए प्रधानमन्त्री हराएको सूचना

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकमा बारम्बार अनुपस्थित हुने गरेको भन्दै हराएको सूचना पढेर सुनाएका हुन्।

सरकारले महाविपत्तिको बेला जसरी काम गर्नुपर्छ : गगन थापा 

कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेश मन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताएका छन्।

कोलम्बियाको शान्ति प्रक्रियाका अनुभव नेपालका लागि सान्दर्भिक : सुवास नेम्वाङ

सङ्क्रमणकालीन न्यायसम्बन्धी अध्ययनका लागि कोलम्बिया पुगेका नेम्वाङले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रपति हुवाँ म्यानुअल सान्तोषले निर्वाह गरेको मुख्य भूमिकाको प्रशंसा गरेका छन्।

वैशाख ९ गते गण्डकी प्रदेशसभाको अधिवशेन आह्वान

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले वैशाख ९ गतेका लागि गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्।

जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउन आवश्यक : ओली

राष्ट्रहित र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्रतिकूलका दुष्प्रयासलाई परास्त गर्दै विकास र समृद्धितर्फको यात्रामा मुलुकलाई अगाडि बढाउनुपर्ने अध्यक्ष ओलीले बताएका छन्। 

साझा संघर्षबाट आर्थिक र सामाजिक परिवर्तन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्रीका रूपमा हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वयन, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने उनको प्रतिबद्धता छ।

वर्ष २०७९ का प्रमुख घटना : बजेटमा तोडमोडदेखि गृहमन्त्री पदमुक्तसम्म

चुनावी वर्ष २०७९ मा राजनीतिक दलहरूको ध्यान सत्ता दाउपेचमा देखियो। यो वर्ष करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको घटनादेखि रास्वपा सभापति रवि लामिछानेको नागरिकता विवाद चर्चा रह्यो।

काठमाडौँ महानगरका मेयरको कदम राम्रो होइन : सञ्चारमन्त्री शर्मा

मन्त्री शर्माले काठमाडौँ महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलबाड गरेको बताएकी छन्।

सरकार र मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिको वार्ता भंग, आन्दोलनलाई निरन्तरता दिने

सरकारसँग भएको वार्तामा सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ।

युवा संघले छान्यो सर्वसम्मत नेतृत्व : अध्यक्षमा क्षितिज थेबे, महासचिव सुमन पुरी

उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरि केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी, प्रकाश गौतम चयन भएका छन्।

प्रधानन्यायाधीश नियुक्ति गर्न बार पदाधिकारीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

यसअघि बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै बारले १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति नगरे आन्दोलन गर्ने चेतावनी दिएको थियो। 

२ करोड 'घूस मागेका' ढाकाकुमार श्रेष्ठको पार्टी सदस्यतासमेत खारेज गर्ने रास्वपाको निर्णय

रास्वपाको बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीबाटै निष्कासन गर्ने निर्णय गरेको छ। योसँगै अब उनले सांसद पद पनि गुमाउने छन्।

समिट अपार्टमेन्टको वैधानिकता खोज्न सांसद तोसिमा कार्कीको माग

चौधरी समूहको मुख्य लगानी रहेको समिट होटेल तथा अपार्टमेन्ट निर्माणका क्रममा शुक्रबार राति जमिन नै भासिएपछि अपसासका घर भासिएका थिए। 

एमाले संसद् विघटन गर्ने दाउमा छ : माधवकुमार नेपाल

मन र विचार मिल्नेसँग एकताका लागि तयार रहे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस्तो सम्भावना नरहेको अध्यक्ष नेपालले बताएका छन्।

जिम्मेवारीबोध गरी काम गर्न काठमाडौँ महानगरका मेयर शाहलाई सरकारको आग्रह

मन्त्रिपरिषद् बैठकले शीतल निवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाडौँ महानगरका मेयर शाहको अभिव्यक्ति अव्यावहारिक रहेको ठहर गर्दै नीतिगत व्यवस्थाको परिपालना गर्न आग्रह गरेको छ।

सरकारले परिणाममुखी काम गर्नुपर्छ, पूर्वराजा या एमालेलाई दोष दिएर उम्कन मिल्दैन : गगन थापा

कांग्रेस महामन्त्री थापाले संघ, प्रदेश र स्थानीय सरकार पाँच वर्ष चलाउने जिम्मा लिएका कांग्रेससहितका दलहरूलाई अब अरू कसैलाई दोष दिएर उम्कने ठाउँ नरहेको बताएका छन्।

नेतादेखि उच्चपदस्थले घुस मागेका चर्चित ‘टेप–काण्ड’ : त्यसपछि के भयो?

रास्वपा सांसदको २ करोड घुस प्रकरणले यसअघिका यस्तै ‘टेप–काण्ड’हरू सम्झाइदिएको छ। अनौठो चाहिँ यस्ता काण्ड ढाकछोप गर्न राजनीतिक नेतृत्वदेखि राज्य–संयन्त्रहरुमा समेत उस्तै अग्रसरता देखिन्छ।

टीआरसीलगायत विधेयक सर्वस्वीकार्य बनाउने समझदारी

सभामुख देवराज घिमिरेको निवास बालुवाटारमा बसेको बैठकमा सत्य निरूपण तथा मेलमिलापलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ। 

टीआरसी विधेयकमा सहमति जुटाउन सभामुख निवासमा ३ दलका शीर्ष नेताको छलफल

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक हाल प्रतिनिधिसभामा विचाराधीन अवस्थामा छ। सत्तारूढ दलको संयुक्त न्यूनतम साझा कार्यक्रममा संक्रमणकालीन न्यायको काम दुई वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जनाइएको छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।