प्रतिनिधिसभा सदस्य श्रेष्ठले व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको टेलिफोन संवाद आइतबार बाहिरिएको थियो।
मन्त्रालयले फोहोर व्यवस्थापनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न कन्जुस्याइँ नगर्ने मन्त्री गुरुङको भनाइ छ।
रास्वपाले सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि भन्दै रकमको ‘बार्गेनिङ’ गरेको अडियो सार्वजनिक भएको विषयमा माफी मागेको छ।
सांसद रावलले मेडिकल व्यवसायीसँग २ करोड मागिएको अडियोको विषयमा पार्टी विषयले भन्दा पनि घटना सत्य हो या होइन तथ्य बाहिर ल्याउन सरकारले तत्काल छानबिन गर्नुपर्ने बताएकी छन्।
एमाले सचेतक बर्तौलाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विषयगत समितिमा लगेर छलफल गरी पारित गर्नुपर्ने, त्यो प्रक्रिया लामो भए विशेष समिति बनाएर मात्रै पारित गर्नुपर्ने बताएका छन्।
कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समिति गठनका लागि मंगलबार बेलुकासम्म सदस्यको नाम पठाउने सहमति गरेको छ।
संघीय संसद्अन्तर्गत सोमबार दुवै सदन प्रतिनिधसभा र राष्ट्रियसभाका बैठक बस्दैछ। दुवै सदनको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका छ।
गृह मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएका तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गर्न निर्देशन दिएको छ।
सांसदहरूले समिति सभापतिमा योग्य, दक्ष र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने मान्छेलाई चयन गर्नुपर्नेमा जोड दिएका छन्।
रास्वपा सभापति लामिछानेले बाराको चुनावी सभालाई सम्बोधन गर्दै सांसद श्रेष्ठले अडियोमा उल्लेख गरेका आफू वरपरका मानिसहरूलाई पनि कारबाहीको दायरामा ल्याउने वाचा गरेका छन्।
संयुक्त रूपमा दिएको राजीनामा पत्रमा देशको राजनीतिक परिस्थिति बदलिएको परिप्रेक्षकमा मुख्यमन्त्री शर्माको सहजताका लागि एमाले सरकारबाट बाहिरिएको उल्लेख छ।
जनआन्दोलनको विजयसभामा खिचिएको एउटा तस्वीर त्यसबेलाका पत्रिकामा छापिएन। तर जब जर्मन फोटो पत्रकार थोमस बंकले आफ्नो किताबको कभर बनाए, त्यसको महत्त्व बढ्यो। मीनरत्नलाई त्यही तस्वीरले अहिलेसम्म चिनाइरह्यो।
रास्वपा सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न सभापतिलाई पैसा बुझाउनुपर्ने उल्लेख गर्दै दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएको छ। रास्वपाले यसबारे छानबिन शुरू गरिएको जनाएको छ।
मेयर महर्जनले ललितपुरको बखुण्डोलमा बन्दै गरेको समिट अपार्टमेन्ट वरपरको जमिन भासिएर घरहरू भत्किनुमा निर्माण कम्पनी दोषी रहेको बताएका छन्।
राष्ट्रपति पौडेलले आइतबार पोखरेललाई प्रेस सल्लाहकार नियुक्त गरेका हुन्।
सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल कैलाली पुगेका छन्। सो क्रममा गोदावरी नगरपालिकास्थित भट्टको निवासमा दुई नेताबीच भेटवार्ता भएको हो।
शनिबार भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार विष्ट ८४१ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश जीसीले ६७२ मत पाए।
प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विषय छिटोभन्दा छिटो टुंग्याउन मध्यमार्गी विकल्प अपनाइने बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई कुनै पनि हालतमा संसदीय समितिमा लैजानुपर्ने बताएका छन्।
डा. स्वर्णिम वाग्लेले राजनीतिलाई सङ्ग्लो बनाउँदै लगेपछि सामाजिक, आर्थिक, पर्यावरण, भौतिक पूर्वाधारका क्षेत्रमा चाहेजस्तो प्रगति गर्न सकिने बताएका छन्।