AnonymousUser

Logout

तनहुँ–१ मा खनाल र चितवन–२ मा न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

एमालेको सचिवालयको बैठकले तनहुँ–१ मा सर्वेन्द्र खनाल र चितवन–२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

निजामती सेवा विधेयक चालु संसद् अधिवेशनबाटै पारित हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती सेवा विधेयक चालू संसद् अधिवेशनबाटै पारित गर्ने बताएका छन्।

पशुपति क्षेत्र विकास कोष कमिसनको खेलमा लागेको छ : पर्यटनमन्त्री 

पशुपति क्षेत्र परिसरमा सफाइ गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसले पशुपति क्षेत्र विकास कोष जताबाट कमिसन आउँछ, त्यतै लाग्ने गरेको बताएको पर्यटनमन्त्री किराँतीको भनाइ छ।

उपनिर्वाचन : तनहुँ–१ मा को–कोले दिँदै छन् उम्मेदवारी?

तनहुँ–१ मा रास्वपा, कांग्रेस र एकीकृत समाजवादीले उम्मेदवार टुंग्याएका छन् भने एमालेबाट सर्वेन्द्र खनाल दाबेदार देखिएका छन्। माओवादी केन्द्रले उम्मेदवार उठाउने/नउठाउनेबारे निर्णय लिएको छैन।

मन्त्री र सचिवले सुराकीको नाममा गर्ने खर्च खारेज गर्ने मन्त्री श्रेष्ठको निर्णय

नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन्।

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।

चार दशक, तीन व्यवस्था: शरतसिंह सधैँ मन्त्री

शरतसिंह भण्डारी पहिलोपटक २०४३ सालमा मरिचमान सिंह नेतृत्वको सरकारमा सहायकमन्त्री भएका थिए। पञ्चायत ढलेर प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा उनले १२औँ पटक मन्त्रीको शपथ लिएका छन्।

प्रधानमन्त्रीले भेट्ने सन्देश पठाएपछि रोकियो मिटरब्याज पीडित र सरकारी टोलीबीचको वार्ता

संघर्ष समितिका तर्फबाट वार्ता टोलीमा सहभागी रामरिझन यादवले प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितलाई भेटेर सम्बोधन गर्ने सन्देश पठाएपछि शनिबार निष्कर्षमा पुग्ने गरी वार्ता स्थगित भएको बताए।

३ महिनामा सातौँपटक मन्त्रिपरिषद् पुनर्गठन

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादीलगायत दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

एमालेले चाहे केही दिनमै गठबन्धन भत्किन्छ : विष्णु पौडेल

शुक्रबार कैलालीमा आयोजित कार्यक्रममा उपाध्यक्ष पौडेलले वर्तमान संसद्ले पाँच वर्ष पूरा गर्ने लक्षण नरहेको बताएका छन्।

रास्वपाका उपनिर्वाचन उम्मेदवार :  तनहुँमा स्वर्णिम वाग्ले, बाराबाट रमेश खरेल

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा उम्मेदवार बन्न तनहुँ–१ बाट डा. स्वर्णिम वाग्लेसहित तीन जनाले दाबी गरेका छन्। बारा–२ मा रमेश खरेल र युवराज न्यौपानेको दाबी परेको छ।

सरकारले मिटरब्याजीलाई कारबाही गर्नुपर्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।

देश अस्थिरतातर्फ गइरहेको छ : राजेन्द्र लिङदेन

राप्रपा अध्यक्ष लिङदेनले व्यक्ति, पार्टी र सत्ताकेन्द्रित गतिविधिका कारण देश अस्थिरतातर्फ गइरहेको बताएका छन्। 

चितवन–२ मा जितनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

बैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

प्रधानमन्त्रीले तत्काल मिटरब्याज पीडितलाई भेट्नुपर्छ : विश्वप्रकाश शर्मा

मिटरब्याज पीडितका मुद्दा सम्बोधनका लागि संसद्‍बाट छिटो भन्दा छिटो आवश्यक कानून निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा महामन्त्री शर्माको जोड छ।

नेकपा एसलाई जनताले पत्याएनन्, अब मिल्ने एमालेसँगै हो : मुकुन्द न्यौपाने

‘गठबन्धनमा लागे एकीकृत समाजवादी धुलो हुन्छ भन्दा कसैले मानेनन्। मानिसलाई नशा लागेपछि कुरो नसुन्दोरहेछ।’

अब पार्टीमा गुटबन्दी र गैरएमाले गतिविधि स्वीकार्य हुँदैन : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले‍ लोकतन्त्रप्रति प्रतिबद्ध, शान्ति, स्थिरता र स्थायित्वमा विश्वास नगर्ने शक्तिबाट देश विकास हुन नसक्ने बताएका छन्।

गाउँघर डुलेर ओलीले दिइरहेको सन्देश

दुई महिनामै सत्ताबाट प्रतिपक्षमा पुगेको एमाले सदन मात्र होइन, सडकमा समेत शक्ति बढाउन खोज्दै छ। यसनिम्ति शिथिल संगठन र एकता खलबलिएको पार्टी पंक्तिको मनोदशा बुझेर अध्यक्ष ओलीसमेत गाउँकेन्द्रित भएका छन्।

गठबन्धनले टुंग्यायो मन्त्रालय भागबन्डा, बिहीबार मन्त्रिपरिषद् विस्तार हुने

जसपा नेता राजेन्द्र श्रेष्ठले सत्तारूढ गठबन्धनको बैठकले मन्त्रालय भागबन्डामा सहमति जुटाएको बताएका छन्।

रास्वपा सरकारमा आओस् भन्ने कांग्रेस–माओवादीको सद्भाव छ: सन्तोष परियार

रास्वपा प्रमुख सचेतक परियारले सत्तारूढ दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रको रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव रहेको बताएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।