AnonymousUser

Logout

बारा-२ बाट संसद् छिर्न खोजिरहेका उपेन्द्रलाई जनमत र लोसपाको तगारो

गत निर्वाचनमा सप्तरी-२ बाट पराजित उपेन्द्र यादव बारा-२ मा हुने उपनिर्वाचनमार्फत संसद् छिर्ने दाउमा छन्। तर उनलाई मधेश केन्द्रित दल लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र जनमत पार्टीले चुनौती दिँदैछन्।

लोसपाले भन्यो– सरकारमा सम्मानजनक सहभागिता चाहिन्छ

लोसपा वरिष्ठ नेता शरदसिंह भण्डारीले आफ्नो पार्टी सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँच वर्ष टिकाएर लैजान भूमिका खेल्ने बताएका छन्।

गण्डकीमा सत्ता फेरबदलको संकेत

गण्डकी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन्। केन्द्रीय समीकरणमा आएको फेरबदलसँगै गण्डकीमा पनि सरकार फेरिने स्थिति बनेको हो।

पत्रकारको सुरक्षाका लागि ‘पत्रकारिता विकास कोष’ स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री दाहालले सबै प्रकारका सञ्चारमाध्यमको पेसागत तथा भौतिक सुरक्षाका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गर्ने बताएका हुन्। 

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा

जनतामा छाएको नैराश्यताका कारण प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना भएको थापाको भनाइ छ।

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त

एमाले परित्याग गरेका शाहीलाई माओवादी केन्द्रले मंसिर ४ को निर्वाचनमा दैलेख क्षेत्र–२ (ख)बाट उम्मेदवार बनाएको थियो।

सत्ता गठबन्धनबाट बारा-२ मा जसपाको उम्मेदवार : प्रवक्ता सुमन

जसपा प्रवक्ता मनिष सुमनले सत्ता गठबन्धनबाट बारा-२ मा आफ्नो पार्टीको स्वाभाविक दाबी रहेको बताएका छन्।

१७ मन्त्रालयमा कांग्रेस–माओवादीबाहेकका साना ६ दलको दाबी, ३ उपप्रधानमन्त्री पनि

हाल कायम २२ मन्त्रालयमध्ये १६ वटा प्रधामन्त्री दाहाल आफैँले राखेका छन्। सबैभन्दा ठूलो दल कांग्रेस सरकारमा सामेल हुनै बाँकी छ। साना ६ दलले नै खाली भएकाभन्दा धेरै मन्त्रालय मागेका छन्।

त्रिभुवन विश्वविद्यालयका समस्या समाधान गर्न सरकार गम्भीर भएन : खिमलाल देवकोटा

राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद खिमलाल देवकोटाले विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको बताएका छन्।

राष्ट्रियसभामा सांसदको प्रश्न - युवाहरूले के बोल्न खोजेका थिए र मुख थुन्नुपर्‍यो?

राष्ट्रियसभा सांसद डा. विमला राई पौड्यालले मंगलबार प्रधानमन्त्री सहभागी कार्यक्रममा प्रहरीले केही युवाको मुख थुनेको विषयमा सरकारसँग जवाफ मागेकी छन्।

रविलाई सफाइ दिने निर्णयको प्रतिलिपि माग्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन 

लामिछानेलाई शक्ति केन्द्रको दबाबमा परेर राहदानी विवादमा उन्मुक्ति दिन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ।

मन्त्रिपरिषद् विस्तारमा पेचिलो गृहमन्त्री पद, कांग्रेसदेखि माओवादी र नेकपा एससम्मको दाबी 

सत्ता गठबन्धनका तीन पार्टी कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका आधा दर्जन बढी नेता गृहमन्त्री बन्न जोडबल गरिरहेका छन्।

राजेन्द्र लिङदेन भन्छन्– मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन्

प्रधानमन्त्री दाहालविरुद्ध मंगलबार आक्रोशित युवाहरूले नाराबाजी गरेको घटनालाई लिएर लिङदेनले नागरिकका पक्षमा काम गर्न सुझाएका छन्।

स्ववियु निर्वाचन तत्काल अघि बढाउन १७ क्याम्पसलाई त्रिविको निर्देशन 

काठमाडौँ उपत्यकाका सात र उपत्यका बाहिरका १० आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन। 

दलीय नाफा–घाटाबाट बाहिर निस्केर द्वन्द्वकालीन न्यायलाई छिटो टुंग्याउनुपर्छ : गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले शान्ति प्रक्रियाका बाँकी काम 'यो या त्यो' बहानामा लम्ब्याउँदा भविष्यमा जटिल बन्दै जाने बताएका छन्।

सरकारमा जानेबारे छलफल गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

एकीकृत समाजवादीले सरकारमा सहभागी हुनेबारे छलफल गर्न पार्टी अध्यक्ष माधव नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ।

सरकारलाई छिट्टै पूर्णता दिन्छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेसलगायत अन्य दलसँग छलफल भइरहेको बताएका छन्।

प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गर्ने युवा प्रहरीको नियन्त्रणमा

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध बानेश्वरमा नाराबाजी गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

संवैधानिक आयोगहरू जागिर खाने थलो होइनन् : राष्ट्रियसभा अध्यक्ष

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरूलाई जागिर खाने थलोको रूपमा विकास गर्न नहुनेतर्फ सचेत गराएका छन्।

नेपालमा आणविक कानूनको आवश्यकता छ: उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानूनको आवश्यकता रहेको बताएकी छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।