सभामुख देवराज घिमिरेले व्यवसायमैत्री कानून निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
शनिबार शीतल निवासमा आयोजित चियापान समारोहमा राष्ट्रपति पौडेलले अबको बाटो दिगो शान्ति, विकास, सुशासन र समृद्धि रहेको र यसतर्फ सरकार तथा सांसदहरूको सकारात्मक भूमिकाको अपेक्षा गरे।
फागुन १५ गतेकाे मन्त्रिपरिषद् बैठकले ‘सशस्त्र संघर्ष र क्रान्ति’का क्रममा ज्यान गुमाएकालाई सहिद घाेषणा गरेकाे थियो।
जित्ने निश्चित नभएको चुनावमा एमालेले अध्यक्ष ओलीकै चाहनाबमोजिम अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति उम्मेदवार बनायो। २०६५ सालको उपराष्ट्रपति निर्वाचनमा पनि अन्तिम समयमा शाक्यलाई पछि हटाइएको थियो।
जसपा अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरूलाई प्रोत्साहन मिल्ने बताएका छन्।
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन पहल गर्ने बताएका छन्।
२०५२ सालको शिक्षक सेवा आयोगको परीक्षाको नतिजा २०६० सालमा आउँदा रामसहाय स्थायी भए। विज्ञान र गणित विषय पढाउँथे। तर २०६४ सालमा शिक्षकबाट राजीनामा दिएर उनी पूर्णकालीन राजनीतिमा आएका थिए।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभित्र उत्पादनमूलक उद्योगहरू स्थापना गरेर विद्युत् खपत बढाउनुपर्ने बताएका छन्।
उपराष्ट्रपति चयनका लागि शुक्रबार भएको निर्वाचनमा रामसहायप्रसाद यादवले ३० हजार ३२८ मतभार पाएका छन्।
प्रधानमन्त्री दाहालले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको चार दिनभित्रमा मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन्।
उपराष्ट्रपतिको निर्वाचनमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ।
बिहान १० देखि शुरू भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको हो।
सभामुख देवराज घिमिरेले पत्रकारले जिम्मेवारीका साथ काम नगरेको बताएका छन्।
उपराष्ट्रपतिका उम्मेदवार यादवले गठबन्धनको साथ आफूलाई रहेकाले जित निश्चित रहेको दाबी गरेका छन्। उपराष्ट्रपतिका लागि मतदान जारी छ।
उपराष्ट्रपति पदका उम्मेदवार अष्टलक्ष्मी शाक्यले राष्ट्रपति पुरुष निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा पुरुष नै उम्मेदवार हुनु गलत भएको बताएकी छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि मतदान प्रक्रिया शुरू भएको छ।
उपराष्ट्रपतिका लागि एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादीबाट रामसहाय यादव र प्रमीलाकुमारी यादव उम्मेदवार छन्।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले उम्मेदवारले बिहीबार राति १२ बजेदेखि स्ववियु चुनावको प्रचार–प्रसार गर्न नपाउने बताए।
मुस्लिम कल्सटरको दोस्रो स्थानमा रहेकी अन्सारीलाई सांसद बनाउन निर्वाचन आयोगमा सिफारिस गर्ने जसपाले निर्णय गरेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बीआरआई कार्यान्वनय गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।