उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै छन्।
प्रधानमन्त्री दाहालले सोमबार संविधानको धारा १०० (२) अनुसार विश्वासको मत लिन लागेका हुन्।
सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी भई अन्तरिम आदेशको छलफलमा पेस भएका निवेदन र खारेजसम्बन्धी निवेदनहरूको शीघ्र सुनुवाइ गर्ने निर्णय गरेको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम तत्काल परिवर्तन नहुने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका छन्।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार १ बजेका लागि समय तोकेका छन्।
सभामुख देवराज घिमिरेले पत्रकार बिक्रीमा छन् भनेर दिएको अभिव्यक्तिमाथि संसद्मा प्रश्न उठेको छ।
द्वन्द्वपीडितको विरोधका बीच प्रधानमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिनिधिसभामा संक्रमणकालीन न्याय सम्बन्धी संशोधन विधेयक पेश गरेकी छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौती गर्ने सरकारको निर्णय ‘किसान मारा’ रहेको बताएका छन्।
पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकले उपाध्यक्षहरू घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ शाह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको छ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले किसानले समयमै मल नपाएको, मूल्यवृद्धि, भूमिहीनले जग्गा नपाएको भन्दै सरकारलाई प्रश्न गरेका छन्।
प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेपछि मात्रै सरकारमा सहभागी हुने विषयमा निर्णय गर्ने कांग्रेसले जनाएको छ।
फागुन २५ गते संसद्मा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकलाई फास्टट्र्याकबाट पारित गर्ने योजना बनाएर सत्तापक्षले गम्भीर अपराधका घटना सामान्यीकरण गर्न खोजेको द्वन्द्वपीडितको गुनासो छ।
स्ववियु नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि शुरू भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ।
प्रधानमन्त्री दाहालविरुद्ध फौजदारी अभियोगको मागसहित मुद्दा दर्ता भएपछि सरकारले टीआरसी विधेयक संसद् सचिवालयमा दर्ता गराएको थियो। १० दलीय गठबन्धनले टीआरसी विधेयकको पक्षमा उभिने निर्णय गरिसकेको छ।
स्ववियु चुनावमा मतदान केन्द्रको सुरक्षार्थ ९०० प्रहरी खटाइएको छ भने 'स्ट्राइकिङ फोर्स', डीआईजीको निर्देशनमा रहेको ब्याक–अप प्रहरी तयार अवस्थामा राखिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा एकमतका साथ प्रस्तुत हुने १० दलीय गठबन्धनमा सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
एमाले प्रमुख सचेतक पदम गिरीले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र मानवअधिकार आयोगले नियालिरहेकाले हतारिएर पारित गर्न नहुने बताएका छन्।
एकीकृत समाजवादीका अध्यक्ष मावध नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताएका छन्।