प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा एकमतका साथ प्रस्तुत हुने १० दलीय गठबन्धनमा सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौँ– सत्ता साझेदार १० दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिँदा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ। प्रधानमन्त्री दाहालले फागुन ६ गतेको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने तयार गरेका छन्।
शनिबार बसेको सत्ता साझेदार १० दलको बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकबारे र सरकारलाई विश्वासको मत दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। “बैठकमा भोलि संसद्मा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ,” प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालले भनेकी छन्।
त्यस्तै, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारे १० दलीय गठबन्धनका नेताहरू सकारात्मक रहेको बताए। बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, “६ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेबारेमा छलफल भयो। भोलि संसद्मा पेस हुने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकका बारेमा छलफल भयो।”
बैठकमा प्रधानमन्त्री दाहालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी सहभागी थिए। त्यस्तै, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई बैठकमा उपस्थित थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
