प्रधानमन्त्री दाहालले सोमबार संविधानको धारा १०० (२) अनुसार विश्वासको मत लिन लागेका हुन्।
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार (आज) प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन्।
प्रधानमन्त्री दाहालले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत लिन लागेका हुन्।
संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ।
१० पुसमा प्रधानमन्त्री नियुक्त भएका दाहालले यसअघि पुस २६ गते विश्वासको मत लिएका थिए। नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।
दाहाललाई १० दलीय गठबन्धनको समर्थन रहने देखिएको छ। गठबन्धन दलमध्ये नेपाली कांग्रेस, एकीकृत समाजवादी र रास्वपाले आइतबार नै दाहाललाई विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन्।
प्रतिनिधिसभामा कांग्रेसका ८६, माओवादी केन्द्रका ३२, रास्वपाका १९, जसपाका १३, नेकपा एकीकृत समाजवादीका १०, लोकतान्त्रिक समाजवादी पार्टीका चार, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका चार र स्वतन्त्र सांसद दुई र आमजनता पार्टीका एक र जनमोर्चाका एक जना सांसद रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
