AnonymousUser

Logout

संवैधानिक आयोगका अध्यक्षहरूले प्रधानमन्त्रीसँग मागे स्रोतसाधन र कर्मचारी

मुस्लिम आयोगका अध्यक्ष अन्सारीले प्रधानमन्त्रीसमक्ष आयोगहरूमा स्रोतसाधन र कर्मचारीको दरबन्दी थप गर्न माग गरिएको जानकारी दिए। 

‘राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्छ’

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपति निर्वाचनमा पनि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

संसद्लाई ‘बिजनेस’ नदिएको भन्दै सत्तारूढ दलकै सांसदले गरे सरकारको आलोचना

राष्ट्रियसभाका सांसदहरूले सरकारले संसद्लाई ‘बिजनेस’ नदिएको आरोप लगाएका छन्।

जो जहाँ छ, त्यहीँबाट मतदान गर्न पाउनुपर्छ : दिनेश कुमार थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानून बनाउनुपर्ने बताएका छन्।

दाहाल–ओलीबीचको छलफल निष्कर्षविहीन

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ।

‘सर्वसाधारणले जस्तै सांसद पनि नियममा बाँधिनुपर्छ’

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सदस्यहरूले सांसद कसैले पनि प्रश्न उठाउन नसक्ने गरी सुसंस्कृत र मर्यादित हुनुपर्ने बताएका छन्।

बालेनलाई तत्काल जरिवाना नतिराउन सर्वोच्चको अन्तरिम आदेश

निर्वाचन आयोगबाट जरिवानामा परेका काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहलाई तत्काल जरिवाना नगर्न सर्वोच्च अदालतले आयोगलाई अन्तरिम आदेश दिएको छ।

चितवन–२ मा उपनिर्वाचन : रवि लामिछानेसँगै स्वर्णिम वाग्ले पनि चर्चामा

चितवन–२ मा हुने उपनिर्वाचन रास्वपा सभापति रवि लामिछानेका कारण जति चर्चामा छ, सम्भावित उम्मेदवारमा डा. स्वर्णिम वाग्लेको चर्चाले त्यसलाई थप रोचक बनाउँदै छ।

गोंगबुको ल्होत्से मल लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोंगबुको ल्होत्से मल लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

मानवअधिकार आयोगलाई बलियो बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

मानवअधिकार आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले आयोगलाई बलियो बनाउने बताएका छन्।

ओलीले आफूलाई सुपर प्रधानमन्त्री ठाने : प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘सुपर प्रधानमन्त्री’ ठानेर गतिविधि गरेको बताएका छन्।

कांग्रेसको प्रश्न : यातायात मजदुरका नाममा दिनदहाडै लुटपाट गर्ने को हुन्?

यातायात मजदुरको जायज माग सम्बोधन गर्नसमेत डा. महतले सरकारसँग माग गरे। 

फागुन ५ देखि एमालेको पालिकाकेन्द्रित ‘मिसन ग्रासरुट’ अभियान : को नेता कहाँ खटिए?

एक जना केन्द्रीय सदस्यलाई तीन पालिकाको जिम्मेवारी दिइएको छ। उनीहरूले पालिकामा पुगेर स्थानीय नेता तथा कार्यकर्तासँग छलफल गर्ने छन्।

अनेरास्ववियु अध्यक्षमा ४ जना आकांक्षी, बिहीबार निर्वाचन

अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, लोकेश निरौला र मोती विकको दाबी छ। 

४० वर्ष उमेर पुगेका विद्यार्थी नेतालाई अनेरास्ववियुबाट बिदा लिन आग्रह

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ४० वर्ष उमेर पुगेका विद्यार्थी नेतालाई अनेरास्ववियुबाट बिदा लिन आग्रह गरेका छन्।

भित्र र बाहिरका शक्तिहरू देशलाई बरबाद पार्न क्रियाशील छन् : केपी ओली

एमाले अध्यक्ष ओलीले देशमा स्थिरता र स्थायित्व हुन नदिन अनेक किसिमका षड्यन्त्रहरू भइरहेको बताएका छन्।

किन आए भारतीय विदेश सचिव?

राष्ट्रपति निर्वाचनलाई लिएर वर्तमान सत्तागठबन्धनको भविष्यमाथि नै टीकाटिप्पणी भइरहँदा काठमाडौँ ओर्लिएका भारतीय विदेशसचिव र उनका उच्चस्तरीय राजनीतिक भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

विवेकशील साझाको रणनीति: साना दलसँग एकता, स्वतन्त्रलाई भित्र्याउने

महाधिवेशन गरेर नयाँ नेतृत्व छानेको विवेकशील साझाले एक वर्षभित्र प्रदेश र जिल्ला अधिवेशन सक्ने योजना बनाएको छ। त्यसैगरी, साना दलसँग एकता गर्ने र स्वतन्त्र रहेकालाई पार्टीमा भित्र्याउने रणनीति लिएको छ।

रास्वपा तत्काल सरकारमा नजाने, केन्द्रीय समिति विस्तार

सत्तारूढ दलहरूले अझै सरकारमा आउन आग्रह गरिरहेको, तर पार्टीसँग भएको सहमति कार्यान्वयन नभई सरकारमा नजाने निष्कर्ष बैठकले निकालेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।

बसुन्धारामा रास्वपाको केन्द्रीय समितिको बैठक

बैठकमा चितवन-२ मा पार्टीबाट कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल हुने बताइएको छ।