प्रधानमन्त्री दाहालले सुख्खा बन्दरगाहले नेपाल, भारत र चीन तीन वटै देशलाई फाइदा पुग्ने बताएका छन्।
नेपाल-भारतका परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौँस्थित होटल याक एन्ड यतीमा शुरू भएको छ।
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुईदिने औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेका हुन्।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको स्पष्ट पारेका छन्।
यसअघि नेपालका लागि भारतीय राजदूत रहेका विनयमोहन क्वात्रा विदेश सचिवको भूमिकामा पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका हुन्।
काठमाडौँमा फागुन २ देखि ४ गतेसम्म हुन लागेको अनेरास्ववियुको महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ।
प्रधानमन्त्री दाहालले कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि र कृषिमा आधारित उद्योगलाई जोड दिनु नै अर्थतन्त्रको सुधार गर्ने मुख्य उपाय भएको बताए।
निर्वाचन आयोगले चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।
एमाले सांसद रघुजी पन्तले सरकारले सवारी व्यवस्थापन गर्न नसक्दा राष्ट्रपति संस्था विवादमा तानिएको भन्दै असन्तुष्टि जनाए।
बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनेबारे पनि कुराकानी भएको उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनको भनाइ छ।
लुम्बिनीमा शनिबार नियुक्त भएका सात र पुस २७ गते नियुक्त भएका दुईसहित नौ जना मन्त्रीको कार्य विभाजन भएको छ।
विवेकशील साझा पार्टीको निर्वाचन समिति संयोजक केशव दाहालका अनुसार अध्यक्षमा समीक्षा बाँस्कोटा र महासचिवमा रन्जु दर्शना सर्वसम्मत चयन भएका छन्।
सरकारले जनता र देशको हितविपरीत कार्य गरेमा कांग्रेसले खबरदारी गर्ने प्रवक्ता महतको भनाइ छ।
मुख्यमन्त्री गिरीले मन्त्रिमण्डल विस्तारको तयारी गरिरहेका बेला मन्त्रालय छनोटमा असन्तुष्टि जनाउँदै मन्त्री केसीले राजीनामा दिएकी छन्।
प्रधानमन्त्री दाहालले सरकारको नीति, कार्यक्रम र बजेटमा दलितहरूका माग र मुद्दालाई उच्च प्राथमिकता दिने बताएका छन्।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुनु नै एमालेका लागि धक्काको शुरूआत भएको दाबी गरे।
हाल प्रचलनमा रहेका भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा सुधार गरी नयाँ ऐन संसद्बाट पारित गराउन सरकारले प्रयास गर्ने प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाएका छन्।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति भण्डारीको सम्बोधन सरकारको नीति तथा कार्यक्रम जसरी आएको बताएका छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनबाट उदाएका विवेकशिल नेपाली दल र साझा पार्टी एक भएर विवेकशील साझाको जन्म भएको थियो। पछिल्लो समय छिन्नभिन्न भएका यो पार्टीका नेता महाधिवेशनबाट फेरि जोडिएका छन्।
मस्यौदा समितिको बैठकमा फौजदारी अभियोगपत्र दायर भएदेखि अदालतले दोषी प्रमाणित नगर्ने समयसम्म आरोपित सांसदको पद कायमै राख्ने सहमति जुटेको छ।