जनमत पार्टीका अध्यक्ष राउतले वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिएर क्रान्तिको बीजारोपण गर्न सके मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्ने दाबी गरे।
राष्ट्रपति भण्डारीले नेपाल र नेपालीप्रतिको सद्भाव कायम राख्दै सरकारलाई मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट विगतमा झैँ आगामी दिनमा पनि निरन्तर सहयोग उपलब्ध हुने अपेक्षा गरिन्।
राष्ट्रपति भण्डारीले महिलामाथि हुने सबै प्रकरणको हिंसा अन्त्य हुन नसक्नुको कारणको खोजी गर्नुपर्नेमा जोड दिइन्।
नाटकीय सरकार निर्माण, रवि लामिछाने प्रकरण, सुदूरपश्चिम सरकार पतनजस्ता घटनाले देश अर्को अस्थिरताको दुश्चक्रमा फस्नलागेको भट्टराईले दाबी गरेका छन्।
अहिलेको अवस्थामा फेरबदल नभए सुदूरपश्चिममा कुनै सरकारले विश्वासको मत नपाउने र प्रदेशसभा नै विघटनसम्म पुग्न सक्ने जोखिम देखिन्छ। तर, मुख्यमन्त्री फेरिएसँगै परिस्थिति फेरिने आकलन पनि भइरहेको छ।
संसद्को पहिलो दल कांग्रेस प्रमुख प्रतिपक्ष हो, तर अहिलेका सबैजसो गतिविधि सत्ताकेन्द्रित छन्। राष्ट्रपति पाउन जोडबल लगाइरहँदा बेवास्तामा परेको पार्टीको भद्रगोल अवस्थाले त्यही बताउँछ।
प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेको जानकारी दिए।
नेता खनालले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीलाई सरकारका आउन गरेको आग्रहबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन्।
एमाले उममहासचिव प्रदीप ज्ञवालीले पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा जगैदेखि मजबुत बनाउनका लागि अभियान सञ्चालन गर्न लागिएको बताए।
सरकार गठन गर्न समर्थन दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भन्दै बैठकमा सहभागी नभएपछि मुख्यमन्त्री रावल अलपमतमा परे।
नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार विश्वासको मत लिनुपर्ने छ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले छलफल गरेका छन्।
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडान लिएको छ।
बिहीबार बेलुका पाँच बजे बस्ने बैठकको शुरूमै अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन्।
मुख्यमन्त्री रावलले विश्वासको मत पाउन नसके प्रदेशसभाको सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री नियुक्त हुनेछन्।
रास्वपा सरकारबाट बाहिरिएपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पहिलोपटक बस्न लागेको हो।
समिति सदस्य सुवास नेम्वाङले मुख्य जिम्मेवारी कानून निर्माणमै सांसदको ध्यान केन्द्रित गर्न कार्यतालिका बनाएर संसद् चलोस् भन्ने सबैको मत आएको बताए।
राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी विजयी भएका छन्।
विगतका राष्ट्रपतिहरूको भूमिका ठीक नभएकाले अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरू रहेको महामन्त्री थापाको भनाइ छ।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि राजेन्द्रसिंह रावल नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा परेको छ।