AnonymousUser

Logout

संघीय संसद्को अधिवेशन अन्त्य

७० दिनसम्म चलेको अधिवेशनमा २३ वटा बैठक बसेको र ८१ घण्टा ५५ मिनेट संसदीय काम कारबाही भएको सभामुख देवराज घिमिरेले जानकारी दिए।

कांग्रेसले बोलायो संसदीय दलको बैठक

सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।

बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ सीमा स्तम्भ गायब

पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए। 

नागरिक उन्मुक्तिका सांसद धनश्याम चौधरी निलम्बित

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशसभा सदस्य घनश्याम चौधरीलाई निलम्बन गरेको छ।

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।

राष्ट्रियसभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत

सांसदले संकल्प प्रस्तावको समर्थनसहित जनताको बाँच्न पाउने अधिकार संविधानको मौलिक हकअन्तर्गत रहेकाले यसको सुनिश्चितताका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गरे।

गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश– ‘दीर्घकालीन असर पर्ने काम नगर्नू’

अदालतले मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ।

राष्ट्रियसभा उपाध्यक्षमा बिमला घिमिरे निर्वाचित

एमालेकी सांसद बिमला घिमिरेको पक्षमा ३९ सांसदहरूले मतदान गरेका थिए भने विपक्षमा १६ मत परेको थियो।

प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा वैशाख २ गतेसम्मलाई स्थगित

नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको सदन अवरोधका कारण बैठक ४ दिनका लागि स्थगित गरिएको हो।

उपनिर्वाचनका लागि आचारसंहिता लागू

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न प्रतिनिधिसभाको इलाम– २ र बझाङको प्रदेशसभा (१) निर्वाचन क्षेत्रमा आचारसंहिता लागू भएको छ।

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्।

उपनिर्वाचन हुने क्षेत्रका विद्यालयमा २ दिन बिदाको प्रस्ताव

आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ।

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

कांग्रेस गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने मागबाट पछि नहटेपछि छलफल निष्कर्षमा पुग्न सकेको छैन।

कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने 

मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। 

६ प्रकारका सरकारी कागजात सुरक्षण मुद्रण केन्द्रबाट मात्रै छाप्ने गरी प्रतिवेदन पारित

संसदीय समितिले राष्ट्रिय सुरक्षासँग जोडिएका विभिन्न ६ प्रकारका सरकारी कागजात सुरक्षित मुद्रण केन्द्रबाट नै छपाई गर्ने गरी सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ सम्बन्धी प्रतिवेदन पारित गरेको छ। 

नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेश सांसद गिरी पदमुक्त

नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन्।

गृहमन्त्रीमाथि संसदीय छानबिनमा कांग्रेसको अडान यथावत्, सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान यथावत् राखेपछि प्रतिनिधिसभा बैठकलाई सहज बनाउने विषयमा सभामुखले बोलाएको बैठक निष्कर्षविहीन भएको छ।

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

कांग्रेसका केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ।

सहकारी ठगी प्रकरणः संसद्‍मा कांग्रेसको अवरोधबारे सभामुखले ४ दलसँग छलफल गर्दै

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने स्वयम् मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग राखेर संसद्‍मा अवरोध गर्दै आएको थियो।

ओपीडी सेवा १२ घण्टा पुर्‍याउने गण्डकी प्रदेश सरकारको निर्णय

मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला अस्पतालले प्रदान गर्ने बहिरंग (ओपीडी) सेवालाई थप गरी १२ घण्टा पुर्‍याउने निर्णय गरेका छन्।