AnonymousUser

Logout

इलाम–२: जिल्ला न्यायाधीश घिमिरेलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी 

इलाम सदरमुकाममा चैत २२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।

कर्णालीका मुख्यमन्त्री शर्माले बुधबार विश्वासको मत लिने

सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार कर्णाली सरकारको नेतृत्व ‍एमालेलाई दिने निर्णय भए पनि माओवादीबाट मुख्यमन्त्री रहेका राजकुमार शर्माले बुधबार विश्वासको मत लिने भएका छन्।

कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म गृहमन्त्रीलाई सदनमा बोल्न नदिने

कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म सदनमा बोल्न नदिने भएको छ। 

बागमतीमा एमालेबाट नियुक्त ४ मन्त्रीले लिए शपथ

बागमती प्रदेशमा नेकपा एमालेका तर्फबाट नियुक्त भएका चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रतिनिधिसभाबाट बिम्स्टेक बडापत्र अनुमोदित

 प्रतिनिधिसभाबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र अनुमोदन भएको छ।

वर्तमान संविधान र व्यवस्था नै समाजवादको वाधक : उपेन्द्र यादव

जसपाका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले संविधान र अहिलेको व्यवस्था नै समाजवादको वाधक भएको टिप्पणी गरेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सांसदको ध्यानाकर्षण

सांसदले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न ध्यानाकर्षण गराएका छन्।

बागमतीमा मन्त्रिपरिषद् विस्तार, बिनाविभागीय मन्त्री रमा आलेमगरले लिइन् सपथ

बागमतीमा अझै चार वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ। एक साताभित्र मन्त्रिपरिषद् विस्तार एवं कार्यविभाजन गरिसक्ने मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए। 

कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमति

माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो। 

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले तेस्रोपटक पाए विश्वासको मत

पहिलो र दोस्रो पटक सजिलै विश्वासको मत पाएका मुख्यमन्त्री जम्कट्टेलले यसपटक विश्वासको मत लिने अन्तिम समयसम्म बहुमत सदस्य जुटाउन कसरत गर्नुपरेको थियो।

बुटवल–नारायणगढ सडक निर्माणमा गति बढाउन सांसदको ध्यानाकर्षण

एमालेका सांसद सरिता भुसालले बुटवल–नारायणगढ निर्माणमा सडक पटक–पटक म्याद थप्दा पनि योजना सम्पन्न हुन सक्नुका कारण पहिचान गरी निवारण गर्न सरकारसँग माग गरिन्।

न्यारोबडी जहाजको इन्जिन प्रकरणमा बदमासी नगरेको आधार पेस गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले न्यारोबडी जहाजको इन्जिन प्रकरणमा १५ दिनभित्र भ्रष्टाचार नभएको पुष्टि गर्ने आधार प्रस्तुत गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ।

काठमाडौँ र ल्हासाबीच बससेवा सञ्चालन गर्न चीन सकारात्मक: उपप्रधानमन्त्री श्रेष्ठ

नेपालीलाई चीनको तिब्बतमा चरन भूमि प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँमा विद्युतीकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको उनले जानकारी दिए।

महालेखा परीक्षकमा तोयम राया सिफारिस

संवैधानिक परिषद्को आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई महालेखा परीक्षकमा सिफारिस गर्ने निर्णय गरेको छ।

गृहमन्त्रीमाथि संसदीय छानबिन पूर्वाग्रहबाट प्रेरित : एमाले प्रमुख सचेतक

प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा आवश्यकता नभई सरकारबाट बाहिरिनुपरेको बदलाका रूपमा उठाएको सत्तारुढ दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाको भनाइ छ।

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्ति पार्टी अध्यक्षको निर्देशन

नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रदेशसभा संसदीय दलका नेतालाई निर्देशन दिएकी छन्।

प्रदेश र स्थानीय तहमा कर्मचारी अभावको समस्या चाँडै समाधान हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षमा तीन तहबीच राजस्व बाँडफाँटका सूचक पुनरावलोकन गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले काम थालेको बताएका छन्।

राष्ट्रियसभामा उठेका विषयमा जवाफ दिन अध्यक्ष दाहालको निर्देशन

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको प्रादेशिक सरोकार समयमा उठाएका विषयबारे सम्बन्धित मन्त्रीलाई जवाफ दिन निर्देशन दिएका छन्।

दुर्गा प्रसाईंले हतियार राख्न लिएको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन 

समितिलाई दुर्गाप्रसाद प्रसाईंले झापा प्रशासनबाट हतियार राख्न लिएको इजाजतपत्र तथा त्यसको नवीकरण सम्बन्धमा छानबिन गरी दोषी उपर कारबाहीको सिफारिस गर्नेलगायत कार्यादेश दिइएको छ। 

सशस्त्र प्रहरीका एसएसपी दीपक अधिकारी डीआईजीमा बढुवा सिफारिस 

बिहीबार बसेको बढुवा समितिको सचिवालय बैठकले सशस्त्र प्रहरी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक अधिकारीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ।