प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले इलाम–२ को उपनिर्वाचनका लागि आकांक्षीको नाम सिफारिस गरेको छ।
सहकारीको दर्ता र कार्यक्षेत्र विस्तार अनुमति तथा सेवा केन्द्र स्वीकृति बन्द गर्ने, लघुवित्तका ऋणीहरूको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाको व्यवस्था गर्ने सत्तारुढ गठबन्धनको साझा संकल्पमा उल्लेख छ।
एमाले अध्यक्ष ओलीले सहकारीसँग कुनै सम्बन्ध नै नभएका गृहमन्त्री लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोजिएको दाबी गरे।
सहकारीका बचतकर्ताको रकम हिनामिना प्रकरणमा लामिछानेको संलग्नताबारे प्रधानमन्त्री दाहालले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय समितिमार्फत छानबिन गर्न माग गरेको छ।
सांसदले बेरोजगारी समस्याको समाधान र किसानलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउन आग्रह गरेका छन्।
उपनिर्वाचनका लागि इलाम–२ मा २० र बझाङ १(१)मा १९ दल दर्ता भएका छन्।
मुख्यमन्त्री यादवले नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवलाई बर्खास्त गरी एमालेका यादवलाई मन्त्री नियुक्त गरेका छन्।
ऊर्जामन्त्री बस्नेतले नेपाललाई पनि फाइदा हुनसक्ने देखेर अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासँग सम्बन्धित सम्झौतामा हस्ताक्षर गरेर अनुमोदनका लागि संसद्मा पेस गरिएको बताए।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीव गुरुङ (दीपक मनाङे)लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्ति गरेका छन्।
समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले सांसद कमलादेवी पन्तलाई सभापतिमा चयन गरेको हो।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले राजमार्ग निर्माण, चलचित्र विधेयक, कृषिलगायत विभिन्न विषयमा बोलेका छन्।
उनले हजारौँ नागरिकको अर्बौं रुपैयाँ अपचलन गर्नेलाई सरकारले निष्पक्ष अनुसन्धान गर्छ कि गर्दैन भन्दै प्रश्न गरे।
नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी प्रदेश सरकारलाई समर्थन कायम राख्नुपर्ने पक्षमा छन् भने अध्यक्ष रञ्जिता श्रेष्ठको केन्द्रमा बनेको नयाँ गठबन्धनमै सहभागी हुनुपर्ने अडान छ।
बाँसबारी जग्गा प्रकरणको केन्द्रमा विनोद चौधरी नै रहेकाले अनुसन्धान उनीमाथि केन्द्रित रहेको, अहिले संसद् अधिवेशन चलिरहेकाले सभामुखको समेत स्वीकृति लिएर चाँडै बयान लिइने सीआईबीले जनाएको छ।
आइतबार बिहान हृदयघातका कारण काठमाडाैँको सिभिल अस्पतालमा उनको मृत्यु भएको जसपाका प्रवक्ता एवं प्रदेशसभा सांसद मनिष सुमनले जानकारी दिए।
सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले पूर्वसभामुख महरालाई कारबाही गर्न सिफारिस गरेको थियो।
लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबीका प्रमुख श्याम ज्ञवालीलाई मन्त्रालयमा बोलाएर चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो। एकीकृत पार्टीको नयाँ नाम आगामी महाधिवेशनले टुंगो लगाउने सहमति भएको छ।
नेपाली कांग्रेसले विरोध जनाएपछि प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक स्थगित भएको हो।
प्रधानमन्त्री दाहालले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न शुक्रबार अपराह्न ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।