प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि इलाम–२ बाट उम्मेदवार बन्न सत्तारुढ दल नेकपा एमालेका ६ जनाले दाबी पेश गरेका छन्।
राष्ट्रियसभा अध्यक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले युवराज शर्मालाई र माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।
अख्तियारले सभाहल तथा शौचालय निर्माणका क्रममा अनियमितता गरेको आरोपमा दोलखाको तामाकोशी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
यसअघि राष्ट्रियसभा अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सनाको कार्यकाल सकिएर बिदा भएकाले अध्यक्षको निर्वाचन हुन लागेको हो।
आइतबार अर्थ मन्त्रालयमा बसेको कार्यदलको पहिलो बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न संयन्त्र बनाएको हो। संयन्त्रमा सरकारमा सहभागी पाँच दलबाट २/२ जना छन्।
कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ।
कांग्रेसको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले राष्ट्रियसभा अध्यक्षमा सहयोग खोज्न विपक्षमा रहेका अन्य दलसँग परामर्श गर्ने निर्णय पनि गरेको नेता अर्जुननरसिंह केसीले बताए।
सञ्चार मन्त्रालयको सचिव रहँदा टेरामक्स प्रविधि खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठप्रसाद अर्यालविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सत्ता समीकरण फेरबदल नेपालको आन्तरिक मामिला भएको र यसबाट भारतीय धारणा परिवर्तन नहुने बताएका छन्।
निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षका रूपमा मान्यता दिन अस्वीकार गरेको छ।
जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने कुनै पनि प्रकृतिको सहकारी संघ, प्रदेश र स्थानीय तहबाट दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्रको स्वीकृतिमा रोक लगाइएको पनि दाहालले बताए।
कांग्रेस संसदीय दलको बैठकले संसद्मा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। साथै, आफ्ना सांसदलाई सदनमा जनजीविकाका सवालमा प्रभावकारी रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ।
एमालेले वामपन्थी र लोकतान्त्रिक दुई राजनीतिक शक्ति मात्रै मुलुकमा रहनुपर्छ भन्ने मान्यता बोकेको उपमहासचिव ज्ञवालीको भनाइ छ।
अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै अर्थमन्त्री पुनले अर्थतन्त्रका समस्याबारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। यसअघि पहिलो चरणमा विनाविभागीय मन्त्रीका रूपमा सोमबार ३ जनाको शपथ भइसकेको थियो।
प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार एमालेका ८, माओवादी केन्द्रका ५, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ र एकीकृत समाजवादीका २ गरी मन्त्रिपरिषद् २० सदस्यीय भएको छ।
नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले बुधबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन्।
सीमावर्ती भारतीय प्रान्तका विकृति राजनीतिमा हुबहु अवतरित देखिन्छ। उताका नितिशकुमार र यताका पुष्पकमल दाहालको पल्टामारी मात्रै हैन, राजनीतिक अवस्था, पार्टीको घट्दो आकारबीच तिनको मनस्थिति पनि मेल खान्छ।
ज्ञवालीले कांग्रेस जिम्मेवार पार्टीको रूपमा भन्दा पनि प्रतिशोधको भावनाबाट चल्न खोजेको आरोपसमेत लगाए।