AnonymousUser

Logout

बाँसबारीको जग्गा राज्यका नाममा आउँछ: गृहमन्त्री

आफूले जुनसुकै ठूला प्रकरणमा ठूला मान्छेलाई समात्ने बित्तिकै दबाब र धम्की आउने गरेकाले नेपालमा राम्रो काम गर्न कठिन भएको गुनासो गृहमन्त्री श्रेष्ठको थियो। 

राष्ट्रियसभा अध्यक्षमा हानथापभित्रको ‘राजनीति’: कांग्रेस–माओवादी दुवैको दाबीले गठबन्धनमा हलचल

गठबन्धनको निरन्तरतामा संशय निम्त्याउने गरी प्रधानमन्त्री दाहालले दिइरहेका राष्ट्रियसभा अध्यक्षको निर्वाचनलक्षित अभिव्यक्तिबाट राजनीति तरंगित बन्न थालेको छ। आखिर किन हानथापकै विषय बन्दैछ यो पद?

संघीय संसद्‍बाट पारित भए सम्पत्ति शुद्धीकरणसहित २ विधेयक

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक र प्रतिनिधिसभाबाट अनुगमन तथा मूल्यांकन विधेयक पारित भएका छन्।

रास्वपा महाधिवेशनको तयारी सुस्त, संगठन विस्तार गर्न नसक्ने प्रदेश महामन्त्रीहरू धमाधम हटाइँदै

प्रदेश महामन्त्रीहरूमाथि निगरानी बढाएको रास्वपाले तीन प्रदेशका महामन्त्रीको जिम्मेवारी हेरफेर गरिसकेको छ। समय दिन र दायित्व पूरा गर्न नसकेको भन्दै अन्य दुई महामन्त्री जिम्मेवारीबाट ‘ब्याक’ भएका छन्।

फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा सांसदले उठाएका विविध विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।

माओवादीले राष्ट्रियसभा अध्यक्ष छोड्न नहुने नेताहरूको सुझाव छ : प्रधानमन्त्री

आफूले राष्ट्रियसभामा कृष्णप्रसाद सिटौला जस्ता व्यक्ति आउनुपर्छ भनेको भए पनि अहिले वातावरण परिवर्तन भएको प्रधानमन्त्री दाहालको भनाइ छ।

एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनमा एउटै दस्ताबेजमा छलफल गर्ने

एकीकृत समाजवादीले नेताहरू बीचका वैचारिक मतभिन्नतालाई पनि एउटै दस्ताबेजमा समावेश गरी राष्ट्रिय महाधिवेशनमा छलफल गर्ने भएको छ। 

सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छाअनुसार चल्छन् : गगन थापा

कांग्रेस महामन्त्री थापाले सम्पत्ति शुद्धीकरण विभागले टाक्स फोर्सले दिएको सुझावबमोजिम घरजग्गा, आयात निर्यात, सहकारीको कारोबार आदिबाट सम्पत्ति शुद्धीकरणका विषयमा काम गर्न आवश्यक रहेको बताए।

जिम्मेवारी पन्छाएर राज्यलाई क्षति पुर्‍याउने व्यक्तिबाटै पूर्ति गर्ने प्रणाली आवश्यक : प्रधानमन्त्री

सबैभन्दा ठूलो चुनौतीका रूपमा समयमै निर्णय नगर्ने, निर्णय पन्छाउने र अन्तरनिकाय समन्वयमा आवश्यक पहल नलिने प्रवृत्ति देखिएको प्रधानमन्त्री दाहालले बताएका छन्।

तराई–मधेशमा पिउने पानी र सिँचाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले चुरे दोहन रोक्न, जलाशयको संरक्षण गर्न तथा अन्न भण्डारको क्षेत्र रहेको मधेशमा सिँचाइको व्यवस्था मिलाउन आग्रह गरिन्।

मिटरब्याज पीडितहरूको समस्या समाधान अदालती प्रक्रियाबाट गर्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितहरूको समस्या समाधान अदालती प्रक्रियाबाट गर्नुपर्ने भएकाले सरकारले अदालतसँग समन्वय गरिरहेको बताएका छन्।

लुम्बिनीमा रहेको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा सार्न एमालेको संकल्प प्रस्ताव

नेकपा एमालेको गण्डकी प्रदेश संसदीय दलले प्रदेशसभा सचिवालयमा एकसाथ तीन वटा संकल्प प्रस्ताव दर्ता गरेको छ।

माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने, प्रदेश इन्चार्ज पनि तोकियो

बुधबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले नेताहरूको कार्यविभाजन पनि टुंग्याएको छ। नेताहरूलाई प्रदेश इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी तोकिएको हो।

सरकारी ओहोदामा रहेकाले भ्रष्टाचारको आरोप लागेपछि राजीनामा दिनुपर्छ: ओली

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले एमाले सत्य निरूपण तथा मेलमिलाप विधेयक पारित गर्ने पक्षमा रहेकोसमेत बताएका छन्।

गैरआर्थिक भ्रष्टाचारजन्य कार्यको प्रभावकारी अनुसन्धान गर्न अख्तियारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले गैरआर्थिक भ्रष्टाचारजन्य क्रियाकलापको प्रभावकारी अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।

राष्ट्रियसभा अध्यक्ष पद पार्टीले छोड्न नहुने माओवादी नेताहरूको धारणा

स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले राष्ट्रियसभा अध्यक्ष पद पार्टीले छोड्न नहुने मत राखेको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

उपत्यकाका उपप्रमुखले स्थानीय सरकार सञ्चालन ऐन संशोधनबारे साझा धारणा बनाउने

उपप्रमुखहरूले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन मस्यौदा विधेयक सबै पालिकामा नपुगेको जनाउँदै तत्काल पुर्‍याउनसमेत मन्त्रालयसँग माग गरेका छन्। 

उपनिर्वाचन : चैत २४ गते उम्मेदवारी दर्ता

निर्वाचन आयोगले आगामी वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम– २ र प्रदेशसभातर्फ बझाङ–१ मा हुने उपनिर्वाचनका लागि चैत २४ गते उम्मेदवारी दर्ताको मिति तय गरेको छ।

पुनर्निर्माणको काम जतिसक्दो चाँडो अगाडि बढाउन सांसदको माग

राष्ट्रियसभा सदस्यहरूले भूकम्पले पुर्‍याएको क्षतिपछिको पुनर्निर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गरेका छन्।

प्रमुख प्रतिपक्षी एमालेको नाराबाजीका कारण संसद बैठक स्थगित

किसानहरुलाई दुधको मूल्य भुक्तानी गर, विवादित मन्त्रीहरूलाई तत्काल बर्खास्त गर र मिटरब्याज पीडितहरूलाई तत्काल न्याय गर भनेर नाराबाजी भएसँगै बैठक अगाडि बढ्न नसकेको हो।