AnonymousUser

Logout

नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी

विभिन्न मन्त्रालय अन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ।

नेपाल–चीन सम्बन्धमा नयाँ ऊर्जा थपिएको चिनियाँ प्रधानमन्त्रीकाे भनाइ

प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री दाहालको याे भ्रमणले द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्नमा थप सहयोग पुगेको बताए।

प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षीबीच भेटवार्ता

यस भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको छ।

प्रधानमन्त्री दाहाललाई ‘गार्ड अफ अनर’ (तस्वीरहरू)

प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले साेमबार बिहान ‘गार्ड अफ अनर’ प्रदान गरेको हो।

प्रधानमन्त्री दाहाल र चिनियाँ जनकंग्रेसका अध्यक्षबीच भेटवार्ता

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ पिपुल अफ कंग्रेसका अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ।

सोमबारदेखि एमाले बागमती प्रदेशको प्रथम अधिवेशन, रोबर्टले गर्नेछ उद्घाटन 

मंगलबारसम्म चल्ने अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित २४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ।

अख्तियारसम्बन्धी विधेयकका केही प्रावधानप्रति मन्त्री गुरुङको असन्तुष्टि

पाँच वर्षभित्र कारबाही नचलाएको मुद्दा अघि नबढाउने भनि उल्लेख गरिएको सो विधेयकको प्रावधानप्रति मन्त्री गुरुङले असहमति व्यक्त गरेका छन्।

दाहाल–सीबीच द्विपक्षीय हितका विषयमा खुला र स्पष्ट छलफल भयो : प्रधानमन्त्रीको सचिवालय

दुवै नेताबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

सुन प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग नबनेपछि एमालेको आरोप– सरकार समझदारीबाट पछि हट्यो

एमाले सचेतक महेश बर्तौलाले सुन तस्करीबारे असोज ५ गते उच्चस्तरीय छानबिन आयोग गठन गर्ने, लगत्तै कामकारबाही अगाडि बढाउने सहमति कार्यान्वयन गर्न सरकार उदासीन देखिएको आरोप लगाए।

सरकारले अपराधको राजनीतिकरण गरिरहेको ओलीको टिप्पणी

एमाले अध्यक्ष केपी शर्मा ओलीले राज्यले विकास, गरिबी निवारणलगायतका विषयमा ध्यान नै नदिएको बताएका छन्।

सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता 

सरकार र शिक्षकहरूबीच सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

मुलुकमा धार्मिक द्वन्द्व फैलाउन खोजे कारबाही हुन्छ: गृहमन्त्री

एकाध ठाउँमा अर्को धार्मिक समुदायमाथि आक्रमणका घटना या घृणा फैलाउने खालको अभिव्यक्तिहरू देखा परेकाले यस्ता घटनालाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक अघि बढ्ने मन्त्री श्रेष्ठको भनाइ थियो।

माधव नेपालको प्रश्न– पालिकाहरूले माध्यमिक तहसम्म शिक्षाको जिम्मेवारी पूरा गर्न सक्छन्?

एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले स्थानीय तहले शिक्षण संस्थाको उन्नति र प्रगतिभन्दा आफ्ना मान्छेलाई नियुक्त गर्न मात्रै प्रयोग गर्ने हुन् कि भन्ने प्रश्न उठिरहेको बताए।

विद्यालय शिक्षा विधेयकमा मैले मात्रै हाल्ने संशोधन ७० भन्दा बढी छ: गगन थापा

कांग्रेस महामन्त्री थापाले सरकारले चाँडोभन्दा चाँडो शिक्षकका माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताए।

नेपालको परराष्ट्र नीतिमा साझा सहमति गरौँ: माधव नेपाल

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष नेपालले दलहरूबीच आन्तरिक द्वन्द्व भए पनि परराष्ट्र नीतिमा भने एक हुनुपर्ने धारणा राखेका छन्।

रहेनन् गणतन्त्रवादी नेता खेमराज भट्ट

२०४२ सालको बम काण्डपछि तत्कालीन सरकारले सम्पत्ति सर्वस्वहरण गरेपछि भट्टले १२ वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए। 

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकलाई नधम्क्याउन तथा दुवै पक्ष लचक भई वार्ताबाट नै समस्याको समाधान खोज्न आग्रह गरेका छन्।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महासमितिबारे छलफल

नेपाली कांग्रेसले मंसिर १३, १४, १५ गते गर्ने भनिएको महासमिति बैठकको तयारी गर्न पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति बनाउने भएको छ।

आर्थिक बोझ र संविधानको प्रतिकूल हुनेबाहेक शिक्षकका माग समाधान हुन्छन्: कावा प्रधानमन्त्री

शिक्षकहरूले उठाएका कतिपय माग शिक्षा नियमावलीमार्फत सम्बोधन गर्न सकिने, त्यसलाई छलफल र वार्ताका माध्यमबाट टुंग्याइने कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको भनाइ।

आन्दोलनरत शिक्षकका जायज माग अविलम्ब सम्बोधन गर्न एमालेको माग

एमाले सचेतक बर्तौलाले सरकारले छिटोभन्दा छिटो आन्दोलनरत शिक्षकसँग वार्ता गरी समस्याको निकास खोज्नुपर्ने बताए।