राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सबै समुदायले धार्मिक आस्थाका आधारमा शिक्षा लिन पाउने गरी आवश्यक व्यवस्था गरिनुपर्ने धारणा राखेका छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीको विरोध गर्न लगाएर आफ्नो पार्टीलाई सरकारबाट फाल्ने कुचेष्टा भइरहेको बताएका छन्।
अब अहिलेको सदनमा आवश्यक कानून ल्याउन सरकार र राजनीतिक दलले चासो दिनुपर्ने हुन्छ। संसद्, समितिहरू र संसद् सचिवालय आवश्यक सहजीकरण गर्न तयार छ।
नेपालीहरूको महान चाड दशैँतिहार नजिकिरहेका बेला आपराधिक गतिविधि बढ्न सक्ने भन्दै दुवै मन्त्रीले सुरक्षा निकायलाई सतर्क रहन पनि निर्देशन दिएका छन्।
संयुक्त राष्ट्रसंघकाे ७८औँ महासभामा सहभागी हुन अमेरिका पुगेका मन्त्री साउदले त्यहाँ आयाेजित एक विशेष कार्यक्रममा यस्ताे बताएका हुन्।
तीजकाे शुभकामना दिँदै राष्ट्रपति पाैडेलले यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउन पनि आवश्यक रहेको बताए।
भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, दिगो विकास लक्ष तथा अति कम विकसित देशहरूको आर्थिक विकास लगायतका विषयमा छलफल भएकाे प्रधानमन्त्री दाहालकाे सचिवालयले जनाएकाे छ।
एमाले अध्यक्ष ओलीले सरकारले सुन तस्करलाई भगाउन सबै व्यवस्था मिलाएपछि अनुसन्धान गरेजस्तो गरेको टिप्पणी गरे।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रतिपक्षले सरकारले गरेका राम्रा कामलाई गलत अर्थ लगाएर सानो–सानो कुरालाई पनि समस्याको रूपमा खडा गरेको आरोप लगाएका छन्।
कांग्रेस महामन्त्री गगन थापा बीपीको विचारलाई मूर्ति–पूजा गरेको जस्तो पूजा गर्ने कुराले उनीमाथिको ठूलो अन्याय हुने बताउँछन्।
प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
बाँचुन्जेलसम्म पद छोड्न नखोज्ने, पदमै टाँसिन खोज्ने प्रवृत्तिलाई आफूले आफ्नो व्यवहारबाट तोड्न चाहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ छ।
मन्त्री शर्माले नेपालमा तीजको दर खाने प्रचलनमा पनि विकृति बढिरहेको टिप्पणी गरिन्।
माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन विदेशी निकायहरूको सहयोग माग्ने विषय पहिलो प्राथमिकतामा रहेको बताए।
युवालाई स्वदेशमा भविष्य देखाउनका लागि सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको प्रधानमन्त्री दाहालको भनाइ छ।
महासभामा प्रधानमन्त्री दाहालले विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति र समृद्धिका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे मन्तव्य दिनेछन्।
शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसदहरूले चुच्चे नक्साकाे विवाद मिलाउनेदेखि बीआरई परियाेजना अघि सार्नेलगायत विभिन्न सुझाव दिएका हुन्।
उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो।
शुक्रबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको सांघातिक प्रहार र कान्ति बाल अस्पतालमा बालिकाकाे निधन भएकाे विषयमा पनि सरकार गम्भीर भएकाे बताए।
प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर न्यूयोर्कबाटै चीन जाने कार्यक्रम छ।