रोल्पाको माडी गाउँपालिकामा सडक भाँसिएर मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
दाङ– रोल्पामा बिहीबार बिहान मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
बल्लेखोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक गुडिरहेको अवस्थामा अचानक सडक भाँसिएर दुर्घटना हुँदा सल्यानको बागचौर नगरपालिका–४ दुदिलाबोट निवासी ४७ वर्षीय चन्द्रबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापाले बताए। दुर्घटनामा ट्रकका चालक घाइते भएका छन्।
माडी गाउँपालिका–१ पात्लेस्थित बल्ले–झिनुवा भित्री सडकमा रा १ ख ३०४५ नम्बरको उक्त ट्रक दुर्घटना भएको हो। ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
