त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ३१ लाख ५१ हजार रुपैयाँसहित दुई जना बांग्लादेशी नागरिक पक्राउ परेका छन्।
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ३१ लाख ५१ हजार रुपैयाँसहित दुई जना बांग्लादेशी नागरिक पक्राउ परेका छन्।
बाटिक एयरको उडानबाट मलेसियाको क्वालालम्पुर जान लागेका उनीहरूलाई बिहीबार अपराह्न १:०० बजे अन्तर्राष्ट्रिय प्रस्थान कक्षमा झोला जाँच गर्ने क्रममा पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा ३९ वर्षीय मोहम्मद इन्ताज अली र ५० वर्षीय महम्मद जाकिर हुसैन रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेका इन्ताज अलीले यसअघि ३८ पटक र हुसैनले ११ पटक नेपाल आवतजावत गरेको पाइएको छ।
सुटकेसभित्र फल्स बटम बनाई लुकाइछिपाइ लैजान लागेको अवस्थामा उनीहरूलाई प्रहरीले नगदसहित फेला परेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
