पाकिस्तान नियन्त्रित काश्मीरमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा २२ सैनिकको मृत्यु भएको छ।
पाकिस्तान नियन्त्रित काश्मीरमा प्राविधिक खराबीका कारण सेनाको हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा २२ जना सैन्यकर्मीको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ।
काश्मीरको मुजफ्फराबाद जिल्लामा बिहीबार भएको उक्त दुर्घटनामा एक कर्णेल, दुई मेजर र अन्य १९ जना सैन्यकर्मीको मृत्यु भएको स्रोतले समाचार संस्था एएफपीलाई बताएको छ।
यसअघि पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)ले जारी गरेको विज्ञप्तिमा हेलिकप्टर उडानका क्रममा प्राविधिक खराबी आएर दुर्घटना भएको उल्लेख थियो। विज्ञप्तिमा भनिएको छ, “दुर्घटनाको वास्तविक प्राविधिक कारण पत्ता लगाउन छानबिन समितिलाई आदेश दिइएको छ।”
यसैबीच, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले हेलिकप्टर दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
