प्रधानमन्त्री दाहालले सोमबार चिनियाँ समकक्षी ली छ्याङ तथा अन्य उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
काठमाडौँ– चीन भ्रमणमा क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाङ्जाउबाट आइतबार राजधानी बेइजिङ जाँदै छन्।
प्रधानमन्त्री दाहाललाई बिहान ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री दाहालले बेइजिङमा आयोजना हुने नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ। सम्मेलनमा नेपाल र चीनका १०० भन्दा बढी उद्योगी व्यावसायी सहभागी रहनेछन्।
त्यसपछि प्रधानमन्त्री दाहाल आइतबार नै चीनका लागि नेपाली राजदूतावासमा आयोजना हुने रात्रि भोजमा सहभागी हुने कार्यक्रम छ।
प्रधानमन्त्री दाहालले सोमबार समकक्षी ली छ्याङसँग द्विपक्षीय वार्ता गर्नेछन्। यस्तै, चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग पनि भेटवार्ता गर्नेछन्।
प्रधानमन्त्री दाहाल प्रतिनिधिमण्डलसहित असोज १३ गते नेपाल फर्किने कार्यक्रम छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
