राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाबारे जानकारी लिन गृहमन्त्रीलाई बोलाइएको बताए।
काठमाडौँ– संसदीय समितिले ललितपुरको बालकुमारी घटनाबारे गृहमन्त्रीसँग जानकारी लिने भएको छ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गत शुक्रबार दुई जनाको ज्यान जाने गरी भएको घटनाबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जानकारी लिने भएको हो।
समिति सभापति रामहरि खतिवडाले बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाबारे जानकारी लिन गृहमन्त्रीलाई बोलाइएको जानकारी दिए। उनका अनुसार सोमबार बिहान साढे ८ बजे छलफलका लागि गृहमन्त्रीलाई बोलाइएको हो।
शुक्रबार बालकुमारीस्थित ईपीएस शाखा कार्यालयमा कोरियाली भाषा परीक्षाको फारम भर्ने क्रममा उत्पन्न विवादपछि भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। यो घटनामा सुरक्षाकर्मीले अनावश्यक बल प्रयोग गरेको भन्दै आलोचना भइरहेको छ।
गृह मन्त्रालयले सो घटनाको सत्यतथ्य बाहिर ल्याउने भन्दै तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको नेतृत्वमा बनाइएको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य छन्। गत शुक्रबार बनेको समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइएको थियो।
यसैबीच घटनाबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रीसँग प्रस्ताव माग गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
