पश्चिमी वायुको आंशिक प्रभाव: कोशी र गण्डकीमा हिमपातको सम्भावना

देशभरको तापक्रम घटेकाले चिसोबाट बच्न आवश्यक सावधानी तथा सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जसका कारण कोशी, मधेश, बागमती र गण्डकीमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा भने हिमपातसमेत हुनेछ। अन्य स्थानको मौसम सामान्यतया सफा रहनेछ। 

यसैगरी, राति कोशी र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। 

देशभरको तापक्रम घटेकाले चिसोबाट बच्न आवश्यक सावधानी तथा सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।