नगर अस्पताल स्तरोन्नतिको विवादपछि शुक्रबार भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का ३० वर्षीय साहको मृत्यु भएको थियो।
सर्लाही– सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ।
नगर अस्पताल स्तरोन्नतिको विवादपछि शुक्रबार भएको प्रदर्शनमा गोली लागेर बरहथवा नगरपालिका–६ का ३० वर्षीय साहको मृत्यु भएको थियो। परिवार र स्थानीयले विभिन्न माग राखेर मृतकको शव उठाउन मानेका छैनन्।
शनिबार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा भएको वार्तामा आन्दोलनरत पक्षले स्वास्थ्य केन्द्र ५० शय्याको बनाउन तत्काल प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने, नगरप्रमुखले राजीनामा दिनुपर्नेलगायत मागमा अडान राखेका थिए।
घटनाका विषयमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ। पीडित परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। पीडित परिवार र प्रदर्शनकारीले भने अस्पताल हस्तान्तरणकै विषयमा अडान लिएका छन्।
प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले शव उठाउने विषयमा छलफल गर्न बैठक राखेका छन्। जिल्ला प्रशासन कार्यालयमा आइतबार बिहानैदेखि छलफल भइरहेको छ।
नगरपालिकाले असोज ९ मा अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो। सो निर्णय कार्यान्वयन नगरेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन्। त्यही विवादमा शुक्रबार झडप भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
