साहमाथि गोली प्रहार गरेको आरोपमा तीन भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँ– रौतहटमा एक मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको छ। रौतहटको परोहा नगरपालिका–९ का २६ वर्षीय नितेश साहमाथि शुक्रबार दिउँसो गोली प्रहार भएको हो।
रौतहट प्रहरीका अनुसार शिव मनी ट्रान्सफरका सञ्चालक साहमाथि कार्यालयमा रहेका बेला गोली प्रहार भएको हो। उनको टाउकोमा गोली लागेको र उपचारका लागि वीरगन्ज पठाइएको छ।
रौतहट प्रहरी कार्यालय प्रवक्ता, डीएसपी एलिजा गिरीले साहमाथि गोली प्रहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको जनाइन्। भारत मोतीहारीका मुनिशकुमार यादव र राजनकुमार पासवान, चन्द्रभान सिंहलाई पक्राउ परेका हुन्।
उनीहरू भारतीय नम्बरको मोटरसाइकलमा आएका थिए। घटनास्थलबाट एक थान पेस्तोल र गोली बरामद भएको उनले जानकारी दिइन्। घटनाबारे थप अनुसन्धान भइहरेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
