गर्मीका कारण दिउँसोतिर मुख्य बजार सुनसान हुन थालेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको संख्यासमेत घट्न थालेको छ।
धनुषा– अत्यधिक गर्मी बढेपछि धनुषासहित तराई–मधेशको जनजीवन प्रभावित भएको छ। एक सातादेखि अधिकतम तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो।
गर्मीका कारण दिउँसोतिर मुख्य बजार सुनसान हुन थालेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको संख्यासमेत घट्न थालेको छ। अहिले बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई अझ बढी समस्या भएको चिकित्सकको भनाइ छ।
प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा. कृष्णदेव दासले अहिले स्वास्थ्य संस्थामा घाउ, खटिरा, टाइफाइड, ज्वरो, झाडापखालालगायत रोगका बिरामीको चाप बढ्न थालेको बताए। डा. दासले भने, “गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको छ। यसले दिउँसोका समयमा दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई समस्या हुने देखिन्छ। त्यसैले सबैले आफ्नो स्वास्थ्यको ख्याल गर्न जरुरी छ।”
अहिले तातो हावाका कारण टाउको दुख्ने, शरीर शिथिल हुने, घाँटी दुख्ने, आँखा पोल्नेजस्ता स्वास्थ्य समस्यासमेत बढ्दै गएका छन्। यस्तै, तातो हावा चल्दा तरकारी, मकैलगायतका बालीनालीसमेत सुक्न थालेका छन्।
क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका रामदेव बनरैतले तातो हावाहुरीका कारण मौसमी फल आँप, लिची र लहरे तरकारीखेती प्रभावित भएका बताए। गर्मीले जनजीवन प्रभावित भए पनि चिसो पेयपदार्थको माग भने बढेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
