बागमती, विष्णुमती लगायतका नदीमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका बारेमा राय लिने काम भएको छ।
काठमाडौँ– उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती लगायतका नदीमा पानीको प्रवाह वृद्धि गर्नेबारे विज्ञहरूसँग छलफल गरेका छन्।
बुधबार मन्त्रालयमा विज्ञहरूसँग छलफल गर्दै उनले बागमती, विष्णुमती लगायतका नदीमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका बारेमा राय लिएका हुन्। उपत्यकाका नदीलाई पुनर्जीवन दिने, काठमाडौँ उपत्यकालाई स्वच्छ र सफा राख्ने,फोहरमैला व्यवस्थापन गर्ने विषयमा चासो राख्दै उपप्रधानमन्त्री सिंहले समाधानका उपायबारे छलफल गरेका हुन्।
“नदीमा पानी नबग्दा एकदम दुर्गन्ध फैलिरहेको छ। पानी बगाइरहँदा केही कम हुन्छ की भनेर केही स्थानमा बोरिङ गरेर भए पनि नदीमा पानीको प्रवाह बढाउँदा राम्रो हुन्छ की भनेर सोचिरहेका छौँ,” उपप्रधानमन्त्री सिंहले भने, “यसमा विज्ञहरूको राम्रा सुझाव आएका छन्। आगामी दिनमा पनि विज्ञहरूसँग बसेर अरु के–के गर्न सकिन्छ छलफल गरौँला।”
मन्त्रालयका सचिव मणिराम गेलालले तत्काल पानीको प्रवाह वृद्धि गर्न सुन्दरीजलदेखि टेकुसम्म केही स्थानमा बोरिङ गरेर पानी बगाउने, शंखमूलदेखि कुपन्डोलसम्म पानी जमाएर ‘बोटिङ’ सञ्चालन गर्नेलगायतका विषयमा विज्ञहरूसँग राय लिइएको बताए। सो क्रममा विज्ञहरूले सुख्खा याममा काठमाडाैँका नदीमा जलप्रवाह बढाउन प्राविधिक सम्भाव्यताका बारेमा राय दिएका थिए। विज्ञहरूले बोरिङ गरेर पानीको प्रवाह बढाउने विकल्प अल्पकालीन रूपमा प्रयोगमा ल्याउन सकिने धारणा राखे। केही विज्ञले बोरिङ गर्दा त्यसले पार्ने प्रभावको मूल्यांकन गर्नुपर्ने धारणा राखेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
