टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५२ रनको योगफल बनाएको हो।
काठमाडौँ– स्कटल्यान्डमा जारी टी२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत अहिले जारी खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि १५३ रनको लक्ष्य दिएको छ। स्कटल्यान्डको टिटउट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५२ रनको योगफल बनाएको हो।
नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए। उनले ३७ बलमा एक छक्का प्रहार गदै ३५ रन बनाए। त्यसैगरी विक्रमजित सिंहले ३० रन बनाए। उनले २९ बलमा दुई छक्का प्रहार गरे। सकिब जुल्फिकरले २५, माइकल लेभिट २० तथा म्याक्स ओ डाउडले १९ रन जोडे।
नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन यादवले दुई तथा कुशल भुर्तेल र ललित राजवंशीले समान एक एक विकेट हात पारे। अलराउन्डर रुपेश सिंह र ब्याटर किरण ठगुन्नाले आज नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेका छन्।
यस सिरिजअन्तर्गत हिजो भएको पहिलो खेलमा स्कटल्यान्डसँग नेदरल्यान्ड्स ३९ रनले पराजित भएको थियो। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
