सुन्तला बगैँचामा पसेका बाँदरले फल मात्र नभई बोटसमेत भाँचेर नष्ट गरिदिने गर्दा किसानहरू हरियोमै सुन्तला टिप्न बाध्य भएका छन्।
भोजपुर- बाँदरले नष्ट गरिदिने डरले किसानले समयअगावै सुन्तला टिप्न थालेका छन्।
पछिल्ला वर्षमा बाँदरको संख्या उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन्। सामान्यतया मङ्सिर–पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानहरूको भनाइ छ।
बाँदरको हुल आएर सुन्तला, अम्बा, एभोकाडोलगायत फल टिपेर खाने र कतिपय बोट भाँचेर नोक्सान पुर्याउने गरेको भोजपुर नगरपालिका-५ बोखिमका किसान भीमप्रसाद फुँयालले बताए। उनका अनुसार, बाँदरको हुल दिनभर खेतबारी र बगैँचामा आउने भएकाले खेतीपाती जोगाउन निकै कठिन भएको छ। "बिहानदेखि बेलुकीसम्म बाँदरले बगैँचा सताउँछ," उनले भने, "तर्साउन ढुंगा हान्ने गरे पनि नियन्त्रणमा आउँदैन। छिनभर बगैँचामा पस्यो भने सखाप नै पार्छ। फलफूल, अन्नबाली बोटमा पकाएर खाने अवस्था छैन।"
जिल्लाको प्रमुख नगदेबालीका रूपमा सुन्तलाखेती पहिचान हुँदै आएको छ। तर पछिल्ला वर्षहरूमा बाँदरको समस्याका कारण उत्पादन र आम्दानीमा गिरावट आएको किसानहरूको गुनासो छ।
समयअगावै फल टिप्नुपर्ने बाध्यताले बजार मूल्य पनि घट्ने र फलको गुणस्तरमा असर पर्ने स्थानीय किसान गीता कार्कीले बताउँछिन्। किसानले बाँदर नियन्त्रणका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन्।
पूर्वमा भोजपुरसहित धनकुटा, खोटाङ, तेह्रथुमलगायत जिल्लामा पनि सुन्तला खेती हुने गरेको छ। धनकुटाको खोकु, छिन्ताङ र आँखिसल्ला सुन्तलाका लागि प्रसिद्ध ठाउँ हुन्। भोजपुरको सिमानामा पर्ने पाख्रिबास नगरपालिकास्थित बागवानी केन्द्रमा खोकुलगायत जातका सुन्तलाको बिरुवा पनि विकास गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
