देशभरको मौसम सफा रहने

दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थाको मौसम मुख्यतया सफा रहनेछ।

काठमाडौँ– देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

जसका कारण देशभरको मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थाको मौसम मुख्यतया सफा रहनेछ। 

राति देशभर मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा बिहान ५ः४५ बजे न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो। अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसका बीचमा रहने अनुमान गरिएको छ।