द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका सन्तान विस्थापित भएपछि जीर्ण भएको दरबार हाल पुरानै स्वरूपमा फर्काइएको छ।
गलकोट– बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक गर्ने आन्तरिक पर्यटकको संख्या एक वर्षमा २० हजार पुगेको छ।
जिल्लाको पुरानो सदरमुकामसमेत रहेको गलकोटको हरिचौर बजारस्थित १०० वर्ष पुरानो दरबार संरक्षणसँगै थप सौन्दर्य बनाएपछि आन्तरिक पर्यटक बढेका हुन्।
संरक्षण अभियानमा लागेका मन्जेस बम मल्लका अनुसार दरबारको सौन्दर्यीकरण र खाने तथा बासोबासको व्यवस्थापनसमेत भएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो।
द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका सन्तान विस्थापित भएपछि जीर्ण भएको दरबार हाल पुरानै स्वरूपमा फर्काइएको छ। दरबारका झ्यालढोका पुरानै स्वरूपमा बनाइएका छन्। रङरोगन र मर्मतपछि चिटिक्क बनाइएको छ।
दरबार क्षेत्रमै रेस्टुराँ सञ्चालनमा ल्याइएको छ। पुरानो घर र गोठलाई मौलिक रूपमा पुनर्निर्माण गरी रेस्टुराँ बनाइएको हो। गलकोट राज्य सञ्चालन भएको जीवित इतिहास रहेको दरबार संरक्षणसँगै पर्यटक आकर्षण गर्ने प्रमुख माध्यम बनेको तत्कालीन राजा भरतबम मल्लका नाति मञ्जेश बम मल्लले बताए।
पुर्खाको नासोलाई संरक्षण गरेर पर्यटक लोभ्याउने नीतिअनुसार काम गर्दा गत वर्ष मात्र २० हजारले दरबार अवलोकन गरेको उनले बताए। दरबारमा तस्वीर खिच्न, भिडियो बनाउन, अध्ययन तथा अवलोकन गर्न आउनेको संख्या दिनहुँ बढ्दै गएको उनको भनाइ छ।
मल्लसहितका चार युवाले ५० लाख रुपैयाँ लगानीमा रेस्टुराँ सञ्चालनमा ल्याएका हुन्। दरबार परिसरमा माछापोखरी बनाएर विभिन्न प्रजातिका माछा पाल्न थालिएको छ। उक्त गलकोट दरबार र वरपरको जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ।
२०३९ सालमा राजा भरतबमको निधन भएको थियो। निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधवलाई दिइएको थियो। परिवारसहित बस्दै आएका मल्लको द्वन्द्वको समयमा सोही दरबारमै हत्या भएको थियो।
२०५९ वैशाखमा भएको हत्यापछि मल्ल परिवार त्यहाँबाट विस्थापित भएर काठमाडौँमा बस्न थालेपछि दरबार जीर्ण बनेको थियो। पछिल्लो समय नाति मन्जेशले दरबारको संरक्षण गरेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
