हजारका ९५ थान नक्कली नोटसहित एक जना पक्राउ

प्रहरीले सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।

काठमाडौँ– प्रहरीले एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ। सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित ती व्यक्ति पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा कौडेना गाउँपालिका–५, छपकैयाका ३० वर्षीय फिरोज खान छन्। ‘अनटेस्ट’ लेखिएको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गर्दा नक्कली नोटसहित खानलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरी टोलीले बुधबार राति खानलाई पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।