यस्तो रहनेछ शुक्रबारको मौसम

दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

काठमाडौँ– देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ।

दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

राति पनि देशभर मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।