जैविक विविधतायुक्त काेशी टप्पु [तस्वीरहरू]

सप्तकोशी नदी किनारको १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्ष चरा र अर्नाका लागि प्रसिद्ध मानिन्छ।

जैविक विविधतायुक्त काेशी टप्पु [तस्वीरहरू]
दृष्टान्त बिडारी/नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– सप्तकोशी नदी किनारमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्ष आन्तरिक र बाह्य पर्यटकका लागि प्रमुख गन्तव्यस्थल हो। 

जैविक विविधताले भरिपूर्ण आरक्षमा स्वदेशी मात्र नभएर विदेशी पर्यटक पनि उल्लेख्य मात्रामा आउने गरेका छन्। मुलुककै पहिलो रामसार क्षेत्रमा सूचीकृत आरक्षमा पर्यटकहरूको संख्या बढ्दो छ।  

null

कोशी नदी उकास क्षेत्रको १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्ष चरा र अर्नाका लागि प्रसिद्ध मानिन्छ। 

यहाँ ५०० भन्दा बढी प्रजातिका रैथाने र बसाइँ सर्ने चरा पाइन्छ। नेपालमा जंगली भैँसी (अर्ना)  यस क्षेत्रमा मात्र पाइन्छ। काेशी टप्पुमा जंगली हात्ती, फ्याउरो, निलगाई, मलहा बिरालो, डल्फिन, मृग जस्ता जनावर पाइन्छन्। 

null

मानिस–वन्यजन्तु द्वन्द्व, नदी प्रदूषण, अनियन्त्रित रूपमा माछा मारिनु, चराको शिकार जस्ता घटनाले यस क्षेत्रको जैविक विविधतामा नकारात्मक असर पारेको छ।

nullnullnullnullnull