कोशी, बागमती र गण्डकीमा आंशिक बदली हुने

दिउँसो कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जसले गर्दा सुदूरपश्चिममा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।