मुख्य शहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगरले जनाएको छ। उक्त स्थानमा ७० करोड रुपैयाँ खर्चेर पार्क बनाउने योजना छ।
वीरगन्ज– वीरगन्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बीपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ।
मुख्य शहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगर प्रमुख राजेशमान सिंहले बताए। घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गरिने उनको भनाइ छ।
यहाँ अस्थायी घरटहरा, तरकारी, फलफूल तथा कपडा पसल र विभिन्न खानाका स्टल गरी करिब २५० भन्दा बढीले व्यापार गरिरहेका थिए। महानगर प्रमुख सिंहले अब करिब ७० करोड रुपैयाँ खर्चेर सुन्दर र हरियाली पार्क बनाउने योजना अघि बढाउने बताए। यहाँबाट हटाइएकाहरूका लागि छपकैयास्थित रेल्वे सडकमा आवश्यक संरचना तयार गरिएको महानगरले जनाएको छ।
आइतबार बिहानैदेखि नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिमा बजार खाली गराइएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
