संखुवासभामा आगलागी हुँदा १ जनाको मृत्यु

चैनपुर नगरपालिका–४, मैदानेमा आइतबार बिहान ग्यास चुहिएर घरमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ।

प्रतीकात्मक तस्वीर

संखुवासभा– चैनपुर नगरपालिका–४, मैदानेमा भएको आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार, चैनपुर–४ निवासी ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो। प्रहरीको प्रारम्भिक जानकारीअनुसार, आइतबार बिहान ग्यास चुहिएर उनको घरमा आगलागी भएको थियो।

आगलागीबाट घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए।